२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

दाङमा सम्बन्ध विच्छेद गराउने पुरुषको संख्या बढ्यो



दाङ ।
सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराउने पुरुषको संख्या बढेको छ । नयाँ मुलुकी ऐनमा पुरुषले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराउन सक्ने व्यवस्थापछि जिल्ला अदालत दाङमा पत्नीसँग सम्बन्ध विच्छेदका लागि दुई महिनामा ५७ जना पुरुषले मुद्दा दर्ता गराएका छन् ।

यस्तै ४७ महिलाले पनि पतीसँग सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गरेका छन् । भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनले पुरुषलाई पनि सिधै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था गरेपछि सम्वन्ध बिच्छेदको माग गर्ने पुरुषहरुको संख्या बढेको जिल्ला अदालत दाङका श्रेस्तदार चुडामणि रेग्मीले जानकारी दिनुभयो ।

वैदेशिक रोजगार, पारिवारिक असमझदारी, हतारको निर्णय, प्रेम विवाह र नयाँ पुस्ता आफूहरु स्वतन्त्र रूपमा रहन चाहनु सम्बन्ध विच्छेदका प्रमुख कारण रहेको अदातलका श्रेस्तदार रेग्मीको भनाई छ ।
गएको आर्थिक वर्षमा दाङमा ६ सय ४० सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएकामा ४ सय ९५ मुद्दा फछ्र्यौट भएको जिल्ला अदालतको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७५ आइतबार ००:००  ११ : ०१ बजे