२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

शितगंगाको सातमारामा अस्थायी प्रहरी चौकीको उद्घाटन



गणेश बेल्बासे ‘संगम’, अर्घाखाँची ।
जनताको जिउ धनको सुरक्षा तथा समाजमा शान्ति सुरक्षा कायम गर्ने उदेश्यले अर्घाखाँचीको शितगंगा नगरपालिका- ८ सातमारामा अस्थायी प्रहरी चौकीको उद्घाटन प्रमुख जिल्ला आधिकारी खिमराज भुसालले गर्नु भएको छ ।
शितगंगा नगरपालिका वडा नं. ९ मा रहेको ईलाका प्रहरी चौकी सिद्धाराले सेवा दिन अफ्ठयारो परेकोले उक्त वडा एरियाको शान्ति सुरक्षा कायम गर्न नयाँ प्रहरी चौकी स्थापना भए पश्चात भने सहज हुने भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमूख जिल्ला अधिकारी खिमराज भुसालले भौगोलिक विकटता तथा दुरिको हिसाबले टाढा रहेको उक्त एरियामा प्रहरीले आफ्नो सेवा प्रवाहलाई निरन्तरता दिएको भन्दै प्रहरी चौकी स्थापना भए पश्चात सेवा प्रवाहमा अझ सहजता आउने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा उपस्थित स्थानियले उक्त स्थानमा अस्थायी प्रहरी चौकी स्थापना भए पश्चात आगामी दिनमा आफुहरुले पुर्णरुपमा शान्ति सुरक्षाको अनुभुती गर्न पाउने साथै अपराध तथा विकृति बिसंगती न्युनिकरणमा सहयोग पुग्ने भन्दै खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथीका रुपमा ससस्त्र प्रहरी, नायब उपरिक्षक भुपाल श्रेष्ठ र प्रमुख अनुसन्धान अधिकृत लक्ष्मण चौधरी रहनु भयको थियो । त्यस्तै उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका विशिष्ट व्यक्तित्वहरु, सरकारी तथा गैह्र सरकारी कार्यालयका विशिष्ट व्यक्तिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधी, स्थानिय समाज सेवी, भद्रभलाद्मी, स्थानीय जनप्रतिनिधिहरुमा वडा नं.९ का वडा अध्यक्ष भिम बहादुर केसी, ११ का कपिल आले , विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, आमासमुह, नागरिक समाज, स्थानीय आम नागरिक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
उक्त अस्थायी चौकीमा प्रहरी नायब निरिक्षकको कमाण्डमा नौ जना प्रहरी रहने ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक कमल परिवारले बताउनुभयो । उक्त चौकी हाललाई भाडामा रहने बताईएको छ । कार्यक्रम वडा नं.८ का वडा अध्यक्ष रुक बहादुर आलेको अध्यक्षता र प्रहरी निरीक्षक कमल परियारको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७५ बुधबार ००:००  २ : २१ बजे