२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

दुर्घटना कम गर्न गुल्मीमा सडकमै चालक र यात्रुलाई सचेतना



गुल्मी ।
जिल्ला ट्राफिक कार्यालय गुल्मीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई सचेतनामूलक प्रशिक्षण दिन थालेको छ ।
प्रहरीले दुर्घटना न्यूनिकरण गर्न भन्दै प्रहरीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई राखेर प्रशिक्षण कार्यक्रम सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक नारायण खनालले बताउनुभयो ।
चालक, सहचालक र यात्रुहरुलाई सडकमै राखेर दुर्घटना हुने बिशेष अबस्थाहरुसँगै सही तरिकाले सवारी साधानलाई चलाउनु पर्ने जस्ता बिषयमा प्रर्शिक्षण दिदा प्रभावकारी हुने हुँदा अभियान थालिएको खनालले बताउनुभयो ।
प्रशिक्षणमा सिट क्षमता भन्दा बढी यात्रु राख्ने, ओभर लोड बोक्ने, तीब्र गतीमा सवारी चलाउनेप्रति लक्षित गरी ट्राफिक प्रहरीले सचेतना दिने गरेका छन ।
प्रशिक्षण कार्यक्रममा सवारी नियम बिपरीत चल्ने सवारी साधन र ओभरटेक गर्दा अपनाउनु पर्ने सही तरिकाको बारेमा चालक सहचालक यात्रुहरुलाई सड्कमै सचेतना दिन सुरु गरिएको प्रहरी सहायक निरीक्षक खनालले बताउनुभयो ।
यसअघि ट्राफिक प्रहरीले जिल्ला भर बिभिन्न विद्यालयहरुमा सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा विद्यार्थीहरुका लागि २७ वटा कक्षा, सुरक्षित चालक बनाउन २ पटक कक्षाहरु सन्चालन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका हवल्दार देवीप्रसाद पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : १४ कार्तिक २०७५ बुधबार ००:००  ४ : ३९ बजे