२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

वाणगंगामा ब्राउन सुगर सहित एक युवा पक्राउ



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको वाणगंगामा ब्राउनसुगर सहित एक युवा पक्राउ परेका छन् । रुपन्देही सैनामैना नगरपालिका वडा नं. ११ झिमझिमेका जनक थापा पक्राउ परेका हुन ।

थापालाई वाणगंगा नगरपालिका वडा नं. २ नन्दनगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

सुरक्षा गस्ती जाने क्रममा शंका लागेर सोधपुछ गर्दा उनको साथबाट ४.७८ ग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक चन्द्र बहादुर केसीले बताए । थापालाई पक्राउ गरी लागु औषध मुद्धामा अनुसन्धान प्रकृया अघी बढेको बताइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७५ बिहिबार ००:००  ४ : ०७ बजे