६ असार २०८३, शनिबार | Sun Jun 21 2026

दाङमा सम्बन्धविच्छेदका मुद्दा हाल्नेमा पुरुष बढी



घोराही ।
देवानी तथा फौजदारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको सङ्ख्या बढेको छ। दाङ जिल्ला अदालतको साढे दुई महीनाको तथ्याङ्कमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको सङ्ख्या धेरै देखिएको हो ।
अदालतका श्रेस्तेदार चुडामणि रेग्मीका अनुसार उक्त अवधिमा ६१ पुरुष र ५७ महिलालेसम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन्। यसअघि उक्त अदालतमा ११७ सम्बन्ध विच्छेदका मुद्दा परेकामा ४६ मुद्दा फैसला भइसकेको थियो। संहिताबमोजिम पुरुषले पनि सिधै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने भएकाले पुरुषको सङ्ख्या बढेको उक्त अदालतका मुख्य न्यायाधीश हेमन्त रावलले जानकारी दिनुभयो । पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, स्वतन्त्र रहन चाहनाले सम्बन्धविच्छेदका मुद्दा बढेको उहाले बताउनुभयो ।

प्रकाशित मिति : १६ कार्तिक २०७५ शुक्रबार ००:००  ६ : २७ बजे