२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

अर्घाखाँचीको पांकुरीमा वडास्तरीय नृत्य प्रतियोगिता



गणेश बेल्बासे ‘संगम’, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिका ९ स्थित पांकुरी आधारभूत विद्यालयमा एक औपचारीक कार्यक्रमका बिच वडास्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयको नियमित अतिरिक्त कार्यक्रमका माध्यमबाट विद्यार्थीहरुको अन्तरनिहीत प्रतिभाको विकास गर्ने उद्देश्यले नृत्य प्रतियोगिता कार्यक्रम आयोजना गरिएको विद्यालयले बताएको छ ।
उक्त प्रतियोगितामा बाल आधारभूत विद्यालय ठाडाखोला प्रथम, पाँकुरी आधारभूत विद्यालय द्वितिय र पशुपती आधारभुत विद्यालय तिनखण्डे तृतिय स्थान कायम गर्न सफल भएका थिए ।
यूवा समाजसेवी पदम बहादुर खत्रीले नगद पुरस्कारको सौजन्य गर्नु भएको थियो भने पिटिए सदस्य विरबहादुर खत्रीले विद्यालयलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा विजेताहरुलाई कार्यक्रमका प्रमूख अतिथी एवम् शितगंगा नगरपालिका(९ का वडा अध्यक्ष भिम बहादुर केसी र विद्यालयका अध्यक्ष खुम बहादुर लुईचेले पुरस्कृत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिमा यूवा समाजसेवी पदम बहादूर खत्री र विद्यालयका प्रमूख सल्लाहकार राम बहादुर घर्ती रहनुभएको थियो भने सामुदायिक स्वास्थ्य इकाईका इन्चार्ज अमलाल वली, जनता आधारभुत विद्यालयका प्रअ पूर्ण केसी, पशुपती आधारभूत विद्यालयका प्रअ लक्ष्मण अधिकारी, समाजसेवी विर बहादुर पुन, प्रगतिशिल युवा क्लबका अध्यक्ष सिंह घर्ती लगाएत अभिभावकहरूको व्यापक उपस्थिती रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर लुईचेको अध्यक्षता, पाँकुरी बाल क्लबका अध्यक्ष भुपाल थापाको स्वागत मन्तव्य र प्रअ गणेश बेल्बासेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७५ शनिबार ००:००  १२ : ५९ बजे