२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

दाङमा दुना तथा टपरी बनाउने उद्योग सञ्चालन



दाङ ।
दाङमा पहिलो पटक मेसिनबाट दुना तथा टपरी बनाउन थालिएको छ । तुलसीपुर दुना टपरी उद्योगले सेमिहाइड्रोलिक मेसिनबाट दुना र टपरी उत्पादन गर्न थालेको हो । तुलसीपुर–६ बरुवागाउँमा १० लाख १० हजार रुपैयाँ लागतमा उद्योग स्थापना गरेको उद्योगका अध्यक्ष भिमबहादुर खत्रीले जानकारी दिए। वनमा खेर गइरहेका पातलाई सदुपयोग गरेर टपरी बनाउन थालिएको हो ।
१३ जना सेयर सदस्य रहेको उक्त उद्योगले प्रतिव्यक्ति २०÷२० हजार रुपैयाँ शेयर उठाएको छ भने तुलसीपुर उपमहानगरपालिकाको पाँच लाख सहुलियत ऋण र दुई लाख ५० हजार रुपैयाँ अनुदान गरी जम्मा १० लाख १० हजारमा उक्त उद्योग सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : १७ कार्तिक २०७५ शनिबार ००:००  ६ : १८ बजे