२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

५० हजार बराबरका पटका बरामद



अजय मिश्र, कपिलबस्तु ।

इलाका प्रहरी कार्यलय कृष्णणनगरले ५० हजार बराबरका पटका बरामद गरेको छ ।  ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलबस्तुबाट खटिएको चेकप्वाईण्ट प्रहरी डिउटी टोलिले शुक्रबार बिभिन्न प्रकारका पटकाहरु बरामद गरेको हो ।

यस अघि पनि  कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलिले बिभिन्न नाका तथा स्थानहरु बाट नेपाल तर्फ लैजादै गरेको अबस्थामा बिभिन्न प्रकारका पटकाहरु बरामद गर्न सफल भएको इलाका प्रहरी कार्यलय कृष्णनगरले जनाएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न क्षेत्रका बजारहरुबाट एक लाख बराबरको पटकाजन्य पदार्थ बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रवि रावलले तिहारमा अवैध रुपमा पटकाजन्य पदार्थ भित्त्रन सक्ने भन्दै सिमानामा निगरानी बढाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७५ शनिबार ००:००  ७ : ०६ बजे