२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

अर्घाखाँचीमा फेरी चितुवाले बालकको ज्यान लियो



अर्घाखाँची ।
अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । चितुवाको आक्रमणबाट अर्घाखाँचीमा फेरी एक बालकको ज्यान गएको हो ।

साँझ पाँच बजे तिर घरमै आमाको काखमा खेलिरहेका बालेलाई आमाकै काखबाट बाघले खोसेको हो ।

आमाको काखबाट खोसेर फालेपछि पुन बच्चालाई लिएर जंगल भागेको चितुवाले करिव १ सय मिटर तल पुगेर बच्चालाई छोडेर भागेको बुझिएको छ । बालकको थर घिमिरे भएपनि नाम भने खुल्न सकेको छैन । घटनाको थप विवरण आउन बाकी छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७५ शनिबार ००:००  ३ : ५४ बजे