२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

अर्घाखाँचीमा चितुवा आतंक कायमै, अहिले सम्म १५ जनाको ज्यान गयो



बिष्णु कुमार आले, अर्घाखाँची ।
चितुवाको आक्रमणमा परि मृत्यु हुनेको संख्या अर्घाखाँचीमा १५ पुगेको छ । शनिबार साँझ चितुवाको आक्रमणबाट अर्घाखाँचीको भुमिकास्थान ढिकुरामा एक बालकको ज्यान गएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका ९ ढिकुरा पेँहाले निवासी माधव प्रसाद घिमिरेको ४ बर्षिय छोरा आर. एन. घिमिरेलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको हो । अहिले बेलुकी ५ बजेतिर आफ्नै घर आमाको काखमा रहेको बखत चितुवाले आक्रमण गरि गम्भीर घाइते बनाएकोमा निजको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ।
चितुवाले बालकको घाटीमा आक्रमण गरि बारिमा फालेको थियो।स्थानीय छिमेकी खिम प्रसाद मरासिनीले उपचारको क्रममा जिल्ला अस्पताल ल्याएपछि उपचार सुरु गर्न पाउँदा नपाँउदै चिकित्सकले मृत घोषणा गरेका थिए ।
निजका बुबा आमा घरमै रहेको बुझिएको छ । अहिलेसम्म अर्घाखाँची जिल्लामा १५ वटा बालबालिका लाई चितुवाले आक्रमण गरि नोक्सान गरेको छ भने ६ जना गम्भीर घाइते पछि निको भएको छ ।
चितुवाले बिगत ३ बर्ष देखि आतंक फैलाउँदा जिल्ला बासि अत्यन्तै त्रासमा बस्न बाध्य भएका छन । चितुवा नियन्त्रण गर्न अनेक प्रयास गर्दा पनि नरभक्षी चितुवा मार्न सकिएको छैन । साझको समयमा बालक चितुवाको हातमा मृत्यु भएपछि अर्घाखाँची बासी शोकाकुल भएका छन् ।
यसलाई राज्यले गम्भिरता पुर्वक सुरक्षाकर्मी परिचालन गरेर वा निकुन्जबाट बाघ नियन्त्रण गर्ने टोली परिचालन गरि नरभक्षी बाघ नियन्त्रण गर्न संबन्धित निकाय समक्ष स्थानियले माग गरेका छन् । अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली घटनास्थल तर्फ नरभक्षी बाघ नियन्त्रण गर्न गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७५ शनिबार ००:००  ४ : १० बजे