२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

श्रीमतीको हत्या गर्ने नेपाली पक्राउ



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीको मदाने गाउँपालिकामा आफ्नै श्रीमतीको हत्या गर्ने पक्राउ परेका छन । आफ्नै श्रीमती सीता नेपालीको हत्या गर्ने मदाने गाउँपालिका ६ का दुर्गा बहादुर नेपाली आईतवार पक्राउ परेका हुन ।
कात्तिक १५ गते राती मान्छे नवस्ने स्थानीय राजकुमार थापाको खाली घरमा श्रीमतीको आफुले हानेर हत्या गरेको दुर्गा बहादुरले प्रहरी सामु वयान दिएको प्रहरीले जनाएको छ ।
तिजमा माईत गएकी श्रीमती लामो समयसम्म घरमा नआएको रिस र आफुले मादक पदार्थ सेवन गरेको झोकमा श्रीमतीको हत्या गरेको स्वीकार गरेको समेत प्रहरीले जनाएको छ ।
दुर्गाबहादुरलाई प्रहरीले आज नै सार्वजनिक गरेको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख र इलाका प्रहरी कार्यालय पुर्कोटदहको प्रहरी टोलीले खोजतलास गर्दा गएराती धाराचौर गहुँछरे जगंलमा लुकेर वसेको अवस्थामा फेला पारेको प्रहरी प्रमुख एसपी दिपक कुमार वस्नेतले जानकारी दिनुभयो । श्रीमतीको हत्या गर्ने नेपालीलाई कतब्य ज्यान मुद्धा अन्र्तगत २५ बर्षभन्दा बढीको जेल सजाय हुने प्रहरीले जनाएको छ ।
दुर्गाबहादुरका डेढबर्षदेखि ७ बर्षसम्मका ३ छोरा र १ छोरी रहेका छन । श्रीमतीको हत्या गरे पछि यतिवेला ती वालवालिकाहरुको विचल्ली भएको स्थानीयले बताएका छन । उनीहरुको छिमेकी ओम बहादुर नेपालीले गाउँपालिकाको सहयोगमा सरक्षण गरेको गाउँपालिका प्रमुख दानबहादुर केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ कार्तिक २०७५ आइतबार ००:००  १२ : २० बजे