२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सत्यवतीका स्थानीय अब उज्यालोमा, बिजुली विस्तारको काम जारी



पाल्पा ।
टुकी बत्ती र र मैनबत्तीको भरमा गुजारा चलाएका पाल्पाको तिनाउ गाउँपालिका ४ सत्यवतीका स्थानीयले बिजुली बत्ति बाल्न पाउने भएका छन् ।
तिनाउ गाउँपालिकाको दुर्गम मानिने सत्यवाती ४ बौरीडाँडा गाउँमा विद्युतको पहुँच नहुँदा त्यहाँका जनता विद्युतीय र सूचना प्रविधिको सेवाबाट बञ्चित रहेका थिए ।
तिनाउ गाउँपलिकाको ६७ लाख ७४ हजार सहयोगमा गाउँमा बिजुली विस्तारको काम भैरहेको छ । विद्युत विस्तारले सत्यवती ४ बौरीडाँडाका १३७ घरधुरीका जनता प्रत्यक्ष लाभान्वित हुने गाँउपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १९ कार्तिक २०७५ सोमबार ००:००  ६ : १४ बजे