२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

दलहरुलाई एकताको गाँठोमा कस्दै चाडपर्वहरु, नेकपा कपिलवस्तुको चियापान ( फोटो फिचर )



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपालीहरुलाई एकताको डोरीमा बाध्नको लागि नेपालमा मनाइने चाडपर्वले महत्वपूर्ण भुमिका खेलेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । धार्मिक, सामाजिक, सांस्कृतिक र राजनैतिक रुपमा फरकफरक विचारहरु भएपनि चाडपर्वको बेलामा सबै नेपालीहरु एक हुनुले सो कुराको पुष्टि गरेको बक्ताहरुले बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा कपिलवस्तुले आज मदन आश्रित स्मृती भवन तौलिहवामा आयोजना गरेको दशैँ, तिहार, छठ र नेपाल सम्बवतको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले चाडपर्वहरुले सवैका विचारलाई एक ठाउँमा ल्याएकोले यसलाई संस्थागत गर्न सके मुलुकले छिटै समृद्धि हासिल गर्ने दावी गर्नुभयो ।Image may contain: 8 people, outdoor

नेकपाका स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री खनालले चाडपर्वका सन्दर्भमा सबैले सामाजिक प्रण र कर्तव्यलाई एक स्थानमा ल्याउन सके विकासमा कसैले छेक्न नसक्ने बताउनुभयो ।
सरकारले मुलुकलाई सम्वृद्धिको दिसामा लैजान धेरै तयारी गरिरहेको हुनाले त्यसको प्रभाव तिहार र छठ पछि देखिने मन्त्री खनालको दावी छ । कपिलवस्तुको विकासको सन्दर्भमा सबै दल अहिलेसम्म एक भएको उदाहरण रहेको हुँदा अब सबै मिलेर लाग्नुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य अतहर कमालले नेपाल पर्वै पर्वको देश भएको बताउँदै यिनै पर्वहरुले नेपालीहरुलाई एकताको सुत्रमा बाँधेको बताउनुभयो । नेपाली कांग्रेशका केन्द्रिय सदस्य समेत रहनुभएका कमालले नेपाली चाडपर्वहरु एक आपसमा खुसी साटासाट गर्दै आपसी समझदारी कायम गर्न निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

नेकपाका प्रतिनिधि सांसद वृजेश कुमार गुप्ताले नेपालमा मनाईने हरेक चाडपर्वले सबै धर्म, सँस्कृति र जातजातीहरुलाई एकताको सुत्रमा बाध्न अतुलनीय योगदान दिएको बताउनुभयो । पूर्वमन्त्री समेत रहनुभएका गुुप्ताले अब सबै मिलेर जान सकेमा मुलुक छिटै विकासको गतिमा अगाडी बढ्ने बताउनुभयो ।
नेकपाका जिल्ला संयोजक झविलाल पोख्रेलले विगतमा झै यसबर्ष पनि शुभकामना आदानप्रदान कार्यक्रम गरिएको बताउनुभयो । शुभकामना आदानप्रदान कार्यक्रमले राजनीतिक दलहरु बीच आपसी समझदारी र भाइचार ल्याउन अभिबृद्धि गर्ने संयोजक पोख्रेलले विश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा नेकपा निकट सांस्कृतीक संगठनले सामाजिक साँस्कृतिक तथा देशभक्तिपूर्ण नृत्य तथा गीत प्रस्तुत गरेको थियो । नेकपाका नेता युवाराज पोख्रेल र पूर्णचन्द्र परियारको संयोजनमा सांस्कृतीक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

चियापान कार्यक्रममा जिल्लाका राजनितिक दलका नेता, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, शुभेच्छुक तथा शुभचिन्तकको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन नेकपाका सचिव रामचन्द्र शाहले गर्नुभएको थियो । सोही अवसरमा मदन आश्रित भवन तौलिहवाको कार्यालयलाई आजै नेकपाको जिल्ला कार्यालयको रुपमा उद्घाटन गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७५ सोमबार ००:००  ३ : ४५ बजे