२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

बुद्धभूमिमा “हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी” अभियान



बाबुराम रायमाझी, गोरुसिङ्गे ।
यता हर प्रहर, गाउँ र नगरी टोलटोलमा नेपाल अभियान अन्तर्रगत आज ईलाका प्रहरी कार्यालय गोरुसिङ्गे र बुद्धभूमि नगरपालिकाले छलफल गरेका छन । प्रहरीले यो अभियान अहिले देशव्यापि सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तर्रगत बुद्धभूमि नगरपालिकामा पनि छलफल भएको हो ।
कार्यक्रममा बोल्दै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले समाजमा शान्ति अमनचयन कायम नभएसम्म बिकास निर्माणको काम गर्न नसकिने बताउनुभयो ।
नगर प्रमुख श्रेष्ठले समाजमा लागुपदार्थ दुव्र्यशनी र यसको प्रभाव, मादक पदार्थ सेवन, हाइवेमा हुने दुर्घटनालाई कम गर्न सचेतना कार्यक्रम सञ्चालन गनुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरिक्षक मनोहरराज श्रेष्ठले शान्तिपूर्ण एवम् सुरक्षित समाजको लागि समुदायमा शान्ति सुरक्षा कायम राख्न, अपराध हुन नदिन र त्यसको न्युनिकरणका लागि गर्नुपर्ने कामको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
प्रहरी र समुदायको सक्रियतामा मात्र समाजमा शान्ति स्थापना हुने भन्दै प्रहरी निरिक्षक श्रेष्ठले समुदायमा जनचेतना सम्वन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । समुदायमा प्रहरी साझेदारी कार्यक्रमलाई सफल पार्न नगरपालिका र प्रहरीबाट दुबै कार्यालय प्रमुखबाट समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
अभियानलाई सफल बनाउनका लागि बुद्धभूमि नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठको संयोजकत्वमा समुदाय प्रहरी साझेदारीमा २१ सदस्यिय नगर स्तरीय समुदाय पालिका समितिको गठन गरिएको छ ।
जसको सह संयोजकमा नगर उपप्रमुख मीरा थारु, सदस्य सचिवमा प्रहरी निरिक्षक मनोहरराज श्रेष्ठ र समितिको सचिवमा प्रहरी निरिक्षक मनोहरराज श्रेष्ठ, सदस्यहरुमा विद्यालयका तर्फबाट गौतमबुद्ध माविका प्र.अ. राम प्रसाद अर्याल, संचारबाट यस मायादेवी अनलाइनका सहकर्मी बाबुराम रायमाझी, संघ÷संस्थाबाट शान्ता अधिकारी, प्रहरी निरिक्षक गोविन्द राउत, सम्वधित वडाको वडाध्यक्ष, पूर्व प्रहरीबाट राम प्रसाद भुसाल, नागरीक समाजबाट नारायण प्रसाद भुसाल लगायत रहनु भएको छ । यसपछि क्रमश बुद्धभूमि नगरपालिकाका प्रत्येक वडामा वडास्तरीय समिती गठन गर्ने ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७५ मंगलबार ००:००  १ : ३४ बजे