२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

नवलपरासीमा बस दुर्घटना, २५ यात्रु घाइते



नवलपरासी ।
दाङबाट काठमाडौंका लागि छुटेको बस सोमबार बिहान नवलपरासीको अमरापुरीमा दुर्घटनामा परेको छ । बस अनियन्त्रित भएर पल्टिँदा २५ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा घाइते भएका मध्ये दाङको घोराही उपमहानगरपालिका वडा नं १५ का २८ वर्षीय होम बहादुर पोखरेल, दाङकै शान्तिनगर गाउँपालिका वडा नं १ का एक वर्षका बालक यनुष विक र दाङ तुलसीपुरकी २४ वर्षीया लक्ष्मी बस्नेतको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
१० जनाको अवस्था मध्यम र १२ जनाको अवस्था सामान्य रहेको छ । घाइते भएका १९ जनाको नयाँ मेडिकल कलेज भरतपुर र ६ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७५ सोमबार ००:००  ३ : ०१ बजे