२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

बोक्सी भन्दै महिला पिट्ने वडा सचिव सहित तीन व्यक्ति पक्राउ



रुपन्देही । 

तिलोत्तमा नगरपालिका वडा नम्वर ४ मा स्थानीय एक महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २१ गते दिउँसो साढे ३ बजे आफुलाई बोक्सीको आरोप लगाई कुटपिट गरेको भन्दै डम्वर कुमारी न्यौपानेले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएपछी प्रहरीले स्थानीय ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ गरेकाहरुलाई प्रहरीले जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जीको समर्थन प्राप्त गरी आइतबार पुन म्याद थपका लागि जिल्ला अदालत भैरहवामा पेश गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिकाका एक जना वडा सचिव भएको स्थानीयले बताएका छन ।

प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्बजनिक गरेको छैन । बोक्सी भन्दै कुटपिट गरेको उजुरी परेपछी पक्राउ परेका तिनै जनालाई म्याद थपका लागि जिल्ला अदालत भैरहवामा पठाइएको छ ।

वडा सचिव पक्राउ परेपछी तिलोत्तमा नगरपालिकाका कर्मचारीहरु आज बिहान छुटाउन प्रहरी कार्यालय पुगेपनि प्रहरीले छाडन नमिल्ने बताएपछी त्यत्तिकै फर्किएको प्रत्यक्षदर्शीले बताएका छन ।

प्रकाशित मिति : २६ कार्तिक २०७५ सोमबार ००:००  ३ : १० बजे