२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

सवारी साधान प्रयाप्त नहुँदा यात्रुहरु अलपत्र



शिवलाल सुवेदी, गुल्मी ।

दशैै तथा तिहार मान्न आएकाहरु आफ्नो कर्म थलोमा फर्कन थालेपछि सवारीका साधनहरुमा फेरी भिडभाड शुरु भएको छ । जिल्लाका ग्रामिण क्षेत्रवाट सदरमुकाम तम्घास लगायत जिल्ला बाहिर जाने यात्रुहरुको चाप बढी हुनुले सवारी साधनहरु प्रयाप्त नहुँदा यात्रुहरु अलपत्र समेत परेका छन् ।

दशैं तथा तिहार मान्न घर आएका र आफ्नो कर्म क्षेत्र तिर फर्कन लागेका यात्रुहरु यतिवेला सवारीका साधनहरुमा टिकट नपाउँदा अलपत्र परेका हुन् । अन्य समयमा सवारी साधनहरुको त्यति अभाव नभए पनि दशैं, तिहार जस्ता ठूला चाडबाडमा सवारी साधनको गुल्मीमा निकै अभाव हुने गरेको छ । पश्चिम नेपाल बस ब्यवसायी समिती गुल्मीका प्रमुख महेश काउछाका अनुसार अन्य समयमा यहाँ गुड्ने गाडी नै धेरै हुने गरेको बताउनुभयो । अन्य समयमा सधै यहाँ चल्ने सवारीका साधनहरु नै धेरै हुन्छन काउछाले भन्नुभयो ‘दशै तिहार जस्ता चाडवाडमा बाहिरवाट जति धेरै सवारीका साधनहरु आएपनि कमि नै हुन्छ ।’ उहाँका अनुसार पश्चिम नेपाल बस ब्यवसायी समिती, गुल्मी यातायात ब्यवसायी समिती, रेसुङ्गा यातायात समिती, चन्द्रकोट यातायात प्रा.लि. र रुरु रेसुङ्गा यातायात समितिहरुका जिल्ला बाहिर वुटवल काठमाडौं, पोखरा, लगायतका ठाउँहरुमा जाने वस, माइक्रो जिपहरुको संख्या अन्य समयको भन्दा तेव्वर रहेको भएपनि चाडवाडमा मानिसहरुको धेरै चहलपहल हुने हुदाँ कमि हुने बताउनुभयो ।

बुटवलका लागि मात्रै करिव ५ सयको हाराहारीमा सवारी साधन चल्ने गरे पनि यति वेला यात्रुको चापले सवारी साधन पाउन मुस्किल भएको छ । त्यस्तै काठमाडौ लगायत अन्य स्थानहरुमा पनि दैनिक १० भन्दावढी सवारीका साधनहरु छ्ट्ने गरेका छन । काउन्टरबाट टिकट काटेर जाने सिम्टम भए पनि प्राय माइक्रो तथा बसहरुले विचबाटै यात्रु उठाएर हिड्ने गरेकाले पनि सवारी साधनहरुमा चाप भएको छ । काउण्टरमा जादाँ टिकट छैन भन्छन ‘काठमाडौ जानका लागि गाउँवाट सदरमुकाम तम्घास आएका थानिश्वर गौतमले भन्नुभयो‘ यहाँकोमा सिट छैन, गाउँवाट आउने उतै भरिन्छ भन्छन अलपत्र परियो ।’

गौतम जस्तै यतिवेला अधिकाशं यात्रुहरुलाई टिकटको समस्या परेको छ । वालवच्चा सहित दशै तथा तिहार जस्ता प्रमुख चाडवाड मान्न आएकाहरु आफ्नो कर्मथलो फर्कन टिकट नपाएर भौतारिरहेका छन् । यता दसैं मनाउनका लागि काठमाडौ, बुटवल, पोखरा, नारायणगढ, महेन्द्रनगर, विभिन्न स्थानहरु र जिल्लाको सदरमुकाम तम्घास छोडेर घर गएकाहरु फर्कन थालेका छन् । दशैको फूलपाती देखि सुनसान बनेको तम्घास बजारमा समेत मानिसहरुको भिडभाडले चहलपहल बढ्न थालेको छ ।

मानिसहरु आफ्नो कर्मथलो फर्किने क्रम सुरु भएसँगै सुनसान बनेको सडकमा चाप बढेको छ । सवारी धनीहरुले पनि एकतर्फी यात्रुहरुको चाप बढेको बताएका छन । तम्घासवाट गाउँ जादाँ रित्तै जस्तै जानुपर्छ सवारी धनी मदानेका प्रकाश भट्टराईले भन्नुभयो ‘गाउँवाट तम्घास आउदाँ भने यात्रुहरुलाई कसरी ल्याउने भन्ने छ ।’ उहाँका अनुसार थुप्रै यात्रुहरुलाई छोडेर आउने पर्ने बाध्यता रहेको बताउनुभयो ।

प्रकाशित मिति : २७ कार्तिक २०७५ मंगलबार ००:००  १ : १० बजे