२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

शितगगांको वडा नं. ९ मा समुदाय प्रहरी साझेदारी गठन



गणेश बेल्बासे ‘संगम’, अर्घाखाँची ।
इलाका प्रहरी कार्यलय सातमाराले समुदाय प्रहरी साझेदारी संगठन टोली गठन गरेको छ । बुधवार एक कार्यक्रम गरी समुदाय प्रहरी साझेदारी गठन गरिएको हो ।
शितगगां नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भिम बहादुर केसीको संयोजकत्वमा इलाका प्रहरी कार्यालय सातमाराले वडास्तरीय टोली गठन गरेको हो । वडा अध्यक्ष भिम बहादुर केसी संयोजक रहने गरि ११ सदस्ययी टोली गठन गरेको छ । जसको सह–संयोजक प्रहरी सहायक निरिक्षक नर बहादुर विक रहनु भएको छ भने सदस्य सचिवमा इलाका प्रहरी कार्यलय सातमाराले तोकेको प्रहरी जवान हेमराज खड्का रहनु भएको छ ।
त्यस्तै अर्को तर्फ विद्यालय प्रहरी साझेदारी टोली समेत गठन भएको छ । पाँकुरी आधारभूत विद्यालयका प्रधानाध्यापक गणेश बेल्बासेको संयोजकत्वमा विद्यालयस्तरीय टोली गठन गरेको हो । प्रअ बेल्बासे संयोजक रहने गरी ९ सदस्ययी टोली गठन गरेको छ ।
समाजमा शान्ति सुरक्षा गर्न प्रहरीले मात्र नसक्ने भएको कारणले सबै सँग साझेदारी गरेर अगाडी बढन सहज हुने भन्दै प्रहरी केन्द्रिय कार्यालयबाट सुचना सर्कुलर गरेको थियो । सोही अनुसार यस वडामा पनि कार्यान्वयन गरिएको ईलाका प्रहरी कार्यलय रातमाराका प्रमुख नर बहादुर विकले बताउनुभयो ।

प्रकाशित मिति : २९ कार्तिक २०७५ बिहिबार ००:००  २ : ५१ बजे