२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

प्रदेश नं. ५ का मुख्यमन्त्री र अमेरिकी राजदुत बीच भेटवार्ता



बुटवल ।
प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि अमेरिकी राजदुत ¥याण्डी डब्लु बेरीले बीच विहीबार भेटघाट भएको छ । मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा मुख्यमन्त्री पोख्रलले प्रदेश पाँच मिनी नेपालको रुपमा रहेको भन्दै प्रदेशको विशेषताहरुबारे अमेरिकी राजदुतलाई जानकारी गराउँनुभयो । यो प्रदेशमा हिमाल, पहाड र तराई रहेको र नेपालका अरु सबै प्रदेशका विशेषताहरु रहेको मुख्यमन्त्रीले राजदुतलाई जानकारी गराउनुभयो ।
यो प्रदेश कृषिमा आत्मनिर्भर रहेको, आधुनिकीकरण र व्यवसायीकरण गर्दा खाद्यान्न निर्यात गर्ने अवस्थामा रहेको, प्रदेशमा शहरीकरणलाई व्यवस्थित गर्न र कृषि उत्पादनको बजारलाई सुनिश्चित गर्न महानगरीय पूर्वाधार विकासको मोडल अघि सारेको, प्रदेशको गरिबी हटाउन मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अघि सारेको मुख्यमन्त्रीले जानकारी गराउनुभयो ।
यस्तै भेटमा संघीयता कार्यान्वयनमा हालसम्म भएका काम, समृद्धिका लागि प्रदेशका प्राथमिकता, नेपालको विकासमा अमेरिकाले गरेको सहयोग र सहयोगका क्षेत्रबारे छलफल भएको बुझिएको छ ।
मुख्यमन्त्रीले तीन तहको चुनावपछि राजनैतिक संघीयता पूर्ण रुपमा कार्यान्वयन भएको, प्रशासनिक पुनःसंरचना र वित्तीय संघीयता कार्यान्वयन हुन बाँँकी रहेको जानकारी गराउनुभयो । प्रशासनिक पुनःसंरचनाले प्रशासनिक संघीयता कार्यान्वयन हुने र वित्तीय संघीयता कार्यान्वयन भएपछि संघीयताको पूर्णरुपमा व्यवहारिक अभ्यास र कार्यान्वयन हुने जानकारी मुख्यमन्त्रीले राजदुत बेरीलाई जानकारी गराउनुभयो ।
भेटमा राजदूत बेरीले नेपालको संघीयता कार्यान्वयनमा अमेरिका सरकारले के सहयोग गर्न सक्छ भन्ने जिज्ञासा राख्नुभएको थियो । उहाले अमेरिकाले २ सय ५० वर्षदेखि संघीयताको अभ्यास गर्दै आएको र अझै धेरै गर्न बाँकी रहेको तथा संघीयता कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभयो ।
अमेरिकाले ३० वर्ष अघि राप्ती एकीकृत ग्रामीण विकास कार्यक्रम सञ्चालन गरेर पूर्वाधार विकासमा ठूलो टेवा पु¥याएको स्मरण गर्दै मुख्यमन्त्रीले अझै पूर्वाधार विकास विकासका लागि ठूलो श्रोतको आवश्यकता रहेको बताउनुभयो ।
भेटमा राजदुत बेरीले समावेशी लोकतन्त्र, सुशासन र स्थायित्वका लागि सधैं मिलेर काम गर्ने जानकारी गराउनुभयो । उहाले आफूले लुम्बिनीको भ्रमण गरेको र यस्ता सम्पदा जोगाएर अघि बढ्न सके नेपालले लाभ लिन सक्ने बताउनुभयो ।
कृषिको आधुनिकीकरण र पर्यटन विकासले नेपालले समृद्धि हासिल गर्न सक्ने उहाले बताउनुभयो । राजदुत भएर आएपछि पहिलोपल्ट लुम्बिनी भ्रमण गरेकोमा मुख्यमन्त्रीले राजदुत बेरीलाई धन्यवाद दिनुभयो ।
त्यसैगरी आजै मुख्यमन्त्रीलाई बेलायती सहयोग नियोग डिएफआइडी अन्तगर्तको रोजगारका लागि सीप कार्यक्रमका टिम लिडर बाल्जित भोराले भेट गर्नुभएको छ ।
भेटमा रोजगार श्रृजना, सीप विकास र आर्थिक वृद्धिका लागि सरकार र निजी क्षेत्र बीच सहकार्य गर्ने विषयमा प्रदेश सरकारसंग मिलेर कार्यक्रम कार्यान्वयन गर्ने बारे छलफल भएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७५ बिहिबार ००:००  १ : ४७ बजे