१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

महिला हिंसा न्यूनिकरणका लागि दुर्गम क्षेत्रमा लाग्नुपर्नेमा जोड



विष्णु कुमार आले, अर्घाखाँची । 

लैङ्गिक हिंसा गरिबी, मदिरासेवन, जनचेतनाको कमिका कारण हुने भन्दै यसलाई न्युनिकरण गर्न सिमित स्थानमा मात्र नभएर जनचेतना दुर्गम क्षेत्रको प्रत्येक घरघरमा पुराउनु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरूले जोड दिएका छन् । महिला तथा बालबालिका शाखा कार्यलय अर्घाखाँची सितगंगाको आयोजनामा आइतबारदेखि मंसिर २४ गते सम्म संचालन हुने १६ दिने लैंगिक हिंसा बिरूद्धको अभियान सुभारम्भ कार्यक्रममा बोल्ने बक्ताहरूले यस्तो बताएका हुन् ।

भाषणमा मात्र सिमित होईन काम गरेर देखाउने बेला आएको भन्दै परिवर्तन आफुबाट सुरू गर्दै बिद्यार्थी अभिभावक शिक्षक तथा नगरको प्रत्येक वडामा लैङ्गक हिन्सा बिरूद्द अभियान बारे जनचेतना फैलाउनुपर्नेमा बक्ताहरूले जोड दिएका हुन् ।

म हिंसा गर्दिन, म हिंसा सहन्न र देखेमा प्रतिकार गर्छु । आवाज उठाउछु भन्ने मुल नारा सहित मंसिर ९ देखि २४ गते सम्म नगर भित्रका विभिन्न क्षेत्रमा संचालन हुने छ । कार्यक्रम नगर प्रमुख सुर्य प्रसाद अधिकारीको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भण्डारीको बिशिष्ट आथित्यता र वडा सचिव लक्ष्मी खत्रीको संचालनमा सम्पन्न कार्यक्रममा समाजसेवी ऋषि घिमिरे, पत्रकार बिष्णु कुमार आले, सगरमाथा महिला बचत तथा रिण सहकारी संस्थाकी अध्यक्ष, भगवती बेल्बासे, व्यवस्थापक सिबकला बिक, पशु शाखा कार्यलय प्रमुख दुर्गा खनाल लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७५ सोमबार ००:००  १२ : ३९ बजे