३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

वडा सचिव घुससहित अख्तियारको नियन्त्रणमा



रुपन्देही ।
बुटवल १३ का वडा सचिव सेवाग्राहीसँग घुस लिँदैै गर्दा सोमबार पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले बुटवलको हाटबजार लाइनबाट बुटवल(१३ का वडा सचिव भरतकुमार काउचालाई बिहान ११ बजेतिर नियन्त्रणमा लिएको हो । उनीबाट ५ हजार घुस समेत बरामद भएको छ ।
सेवाग्राहीसँग बसाइसराइ दर्ताको काम गर्न ५ हजार घुस लिँदै गर्दा काउचालाई पक्राउ गरिएको अख्तियार बुटवलका प्रमुख रबिलाल पन्थले जानकारी दिनुभयो । पक्राउ परेका काउचालाई आवश्यक अनुसन्धान पूरा गरेपछि काठमाडौं पठाउने प्रमुख पन्थको भनाई छ ।

प्रकाशित मिति : ९ पुस २०७५ सोमबार ००:००  ९ : ०३ बजे