१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एकीकृत घुम्ती शिविरमा सेवा लिनेको भीड



सलिम अन्सारी, प्युठान ।

गाउँमा एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि सरकारी सेवा लिन सर्वसाधारणको भीड लागेको छ । सरुमारानी गाउँपालिकाको केन्द्र बड्डडाडामा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि सेवा लिन सर्वसाधारणको भीड लागेको हो ।

दुर्गम गाउँका स्थानीयलाई घर दैलोमै पुगेर सेवा दिने सरकारको उद्देश्य अनुरुप सरुमारानी गाउँपालिकाको बडडाडामा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो ।

शिविरबाट स्थानीयले समुदायमा सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सचेतना, नयां नागरिक्ता फोटो सहितको मतदाता नामावली संकलन, अपाङ्गता तथा जेष्ठ नागरिक परिचय पत्र वितरण, उद्योग व्यवसायसम्बन्धी परामर्श प्रदान, तरकारीका बिउ विजन, निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण, पशु उपचार सेवा, निशुल्क आँखा परीक्षणको सेवा पाएका छन् ।

इलाका प्रशासन कार्यालय जस्पुर र सदरमुकाम खलगां सम्म जान नसकेका महिला, बालबालिका, जेष्ठ नागरिक, अशक्त र अपांगता भएकाहरुलाई सरकारले घरदैलोमा आएर सेवा दिएकोमा स्थानीयहरु धेरै खुसी भएको सरुमारानी गाउँपालिका अध्यक्ष झग वहादुर बिश्वकर्माले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय प्युठानको संयोजन र सरुमारानी गाउँपालिकाको सहयोग एवं समन्वयमा एकीकृत घुम्ती शिविर आयोजना गरिएको हो । सरुमारानि गाउपालिकाका ६ वटा वडालाई लक्षित गरि संचालन गरिएको घुम्ती शिविर शनिवार सम्म चल्ने छ ।

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ११ : ३४ बजे