६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

लुम्बिनी गुरुयोजना ग्लोबल बोलपत्रको प्रक्रियामा



रुपन्देही ।
लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना छिटो सक्न ग्लोबल बोलपत्र प्रक्रिया सुरु गरेको छ । गुरुयोजनाको काम सुरु भएको ३५ वर्ष पुग्दा पनि निर्माण सम्पन्न नभएको भन्दै सर्वत्र आलोचना भएपछि कोषले आगामी तीन वर्ष्भित्र गुरुयोजनाका सबै काम सम्पन्न गर्न ग्लोबल बोलपत्र प्रक्रिया सुरु गरेको हो ।
सन् १९७८ सालमा जापानका वास्तुकलाविद् केन्जो टांगेले निर्माण गर्नुभएको गुरुयोजनाले लुम्बिनीलाई विश्वकै सम्पूर्ण धर्मावलम्बीका लागि आर्कषक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।
गुरुयोजनाले एक हजार १५५ बिघा जमीनलाई उद्यान क्षेत्र, अन्तर्रा्ष्ट्रिय विहार क्षेत्र र नयाँं लुम्बिनीग्राम क्षेत्र गरी तीन भागमा विभाजन गरेको छ । गुरुयोजनाको ८० प्रतिशत निर्माणको काम सम्पन्न भएको छ तर गुरुयोजनाभित्र रहेका ठूला परियोजना अझै बाँकी छन् ।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ८ : ४७ बजे