६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मान्छे खाने चितुवा नरभक्षी भएको दाबी



सन्धिखर्क ।

डेढ महिनाअघि अर्घाखाँचीको ढिकुरा पियाले खोलामा थापेको पासोमा परेर मरेको चितुवा नरभक्षीनै रहेको पुष्टि भएको छ । नरभक्षी भए नभएको पुष्टि गन डिएनए चेकजाच गरिएको थियो ।

सहायक वन अधिकृत शिला पोख्रेलले डिएनएबाट चितुवा नरभंक्षी भएको पुष्टि भएको बताइन । नरभक्षी चितुवाको आक्रमणले आतंकीत बनेका अर्घाखाँचीका स्थानीयहरु चितुवा पासोमा परेर मरेपछि खुसी भएका थिए ।

चितुवा पासोमा परेपछि ढिकुरा, नुवाकोट, सन्धिखर्क, खाँचीकोट लगायतका स्थानीयहरु अत्यन्तै हर्षित भएका हुन । तर नरभक्षी चितुवा हो हैन भनेर पत्ता लगाउन डिएनए परिक्षणकोलागि पठाइएको थियो । नरभक्षी चितुवाले पछिल्लो पाँच बर्षमा अर्घाखाँचीमा दुइ दर्जन वालवालिकामा आक्रमण गरेको छ । जस्का कारण १४ जनाको ज्यान गएको र १० जना घाइते उपचार पछि निको भएको छ ।

प्रकाशित मिति : १५ पुस २०७५ आइतबार ००:००  २ : ३५ बजे