२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

घोराही कारागारमा एक थुनुवाको मृत्यु



दाङ ।

दाङमा एक थुनुवा व्यक्तिको ज्यान गएको छ । जबरजस्ती करणी उद्योग मुद्धामा पूर्पक्षका लागि घोराही कारागारमा रहेका बगंलाचुली ६ निवासी ५५ वर्षीय तिलबहादुर महराको ज्यान गएको छ ।

बुधबार राति एक्कासी बिरामी भएका महराको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । उनलाई हातखुट्टा सुन्निने र सास फेर्न गाह्रो हुने समस्या देखिएको थियो ।

 

प्रकाशित मिति : २६ पुस २०७५ बिहिबार ००:००  २ : ५१ बजे