१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

घरमै अबैध हतियार बनाउने एक जना पक्राउ



शिवलाल सुवेदी, गुल्मी ।
घरमै अवैध हतियार बनाउने पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय गुल्मीले घरमै कारखाना संचालन गरि अबैध रुपमा हातहतियार बनाउने गुल्मी धुर्कोट गाउँपालीका ३ हाडहाडे निवासी ५१ वर्षीय शेर बहादुर जीसीलाई पक्राउ गरेको हो । घरमै अवैध रुपमा उद्योग संचालन गरि भरुवा बन्दुक बनाइरहेको अवस्थामा जिसीलाई पक्राउ गरेको प्रहरी जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले आईतवार कार्यालय पत्रकार सम्मेलन गरि अवैध रुपमा भरुवा बन्दुक बनाउनका लागि प्रयोग हुने सम्पूर्ण बन्दोवस्तीका सामग्रिहरु सहित जिसीलाई सार्वजनिक गरेको छ ।


प्रहरीले जिसीको घरवाट पक्राउ गरेका अवैध सामग्रिहरुमा तीन थान भरुवा वन्दुक, मेडईन कोलकत्ता लेखिएको एकथान टोय एर गन, दुईथान बन्दुकको नाल र बन्दुकको छर्रा बनाउनका लागि प्रयोग हुने ६ पिस रड, बारुद, पटका, केप, बन्दुकको टेगर, कटिङ्ग प्लेट, सटगनको खोका, ब्याट्रि, युरिया र आरन पंखा लगायतका सामानहरु रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले बताए । प्रहरीले विषेश सुचनाको आधारमा अनुषन्धान गर्दै जाँदा ईलाका प्रहरी कार्यालय पुर्कोटवाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको टोलीले घरमा हतियार बनाउने कारखाना सहित जिसीलाई पक्राउ गरेको हो । प्रहरीले गत साता धुर्कोट गाउँपालीका ७ निवासी कृष्ण घर्तिको घरवाट समेत एक नाल भरुवा बन्दुक बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले हिरासदमा राखि थप अनुषन्धान गरिरहेको बताएको छ । गत साता पनि गुल्मीको ईस्मा गाउँपालीकावाट प्रहरीले बेवारिसे अवस्थामा बोरामा बाधेर लुकाई राखेको अवस्थामा एक नाल भरुवा बन्दुक समेत बरामद गरेको थियो ।
तस्विर पनि छन ।

प्रकाशित मिति : २९ पुस २०७५ आइतबार ००:००  १० : ०८ बजे