१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

६ महिनामा २१ बलात्कारका घटना, आफन्त र छिमेकीबाटै यौन दुराचार



सलिम अन्सारी, प्युठान ।
पुसको अन्तिम साता जिल्लाको सरुमारानी ४ कि एक महिला आफ्नै ससुराबाट बलात्कृत भईन । छत्तिवन कि ३८ बर्षीया ती महिलाका श्रीमान वैदेशीक रोजगारीमा रहेका बेला ससुराले करणी गरे।पिडितले श्रीमानलाई भनेपछी घटना बाहिरियो । उनले आफन्तको सहयोगमा प्रहरीमा उजुरी दिईन।ससुरा अहिल थुनामा छन । प्रहरीले उनलाई मुद्धा चलाईरहेको छ।सरुमारानीकै केवरापानी कि ३८ वर्षीया महिला छिमेकी युवकबाट बलात्कारको सिकार भईन। पिडितका परिवारले थाह पाएर स्थानीयलाई ग्वाहारे।

गुपचुप मै मिलाउने प्रयास भयो।तर सफल भएन र घट्ना प्रहरी कहाँ पुग्यो ।
युवक पुर्पक्षका लागि थुनामा छन।सरुमारानी गाउँपालिकामा ६ महिनामा ३ जना बलात्कृत भए । यी त प्रतिनिधि घट्ना मात्र हुन । प्रहरीको तथ्याकंले महिनैपिछ्छे तीन चार संख्याको दरले बलात्कारका घट्ना हुने गरेको देखाउँछ । प्युठानमा छिमेकी र आफन्तबाटै महिला तथा बालिका माथि यौन दुराचार हुनेगरेको पाइएको छ । आफ्नैहरुबाट बलात्कारका घटना बढेको प्रहरी बताउँछ । चालू आर्थिक वर्षको ६ महिनामा प्रहरीमा २१ बलात्कारका घटना दर्ता भएका छन् । तीमध्ये १७ ओटा घटना आफन्त र चिनेकै व्यक्तीबाट भएको उजुरीमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले भने ‘छिमेकी र आफन्तबाटै बलात्कारका घट्ना भएको पाइएको छ ।’ उनका अनुसार यो अबधीमा १६ जवरजस्ती करणीका छन भने ५ ओटा करणी उद्योग भएको छ । ४ बर्षे शिशु देखि ५७ बर्षीया बृद्धा समेत बलात्कारमा परेका छन । जिल्लामा बलात्कारका घटनामा बृद्धि हुनु र आफन्तहरु नै त्यसमा संलग्न भएको पुष्टि हुनु महिलाको सुरक्षामा चुनौती थपिएको महिला अधिकारकर्मी पार्वता आचार्य बताउँछिन् । सार्वजनिक भएका घटना बाहेक पनि आपसी सहमतिमा मिलापत्र गरेरै टुंगिने कयौं यस्ता घटनाहरू हुने गरेको आचार्यको कथन छ ।हिंसाका घट्ना बाहिर लैजाँदा इज्जत जान्छ, जेल बस्नुपर्छ भनेर पनि मिलापत्रमा मिलाउने अबस्था देखिएको उनले बताईन् ।
महिला हिंसाको अवस्था कहाली लाग्दो छ ।यश वाहेक किसोरीहरुमा बहुविवाह र बाल बिबाहका घटना समेत उस्तै छ। घरभित्र तथा घरबाहिरका सदस्यहरुबाट हने हिंसाबाट महिलाले प्रताडित हुनुपरेको छ । आचार्य भन्छिन हिंसाको यो डरलाग्दो रुपलाई कम गर्न अभियान नै चलाउनुपर्ने आवश्यकता छ ।”
प्रहरीले जिल्लामा महिला हिंसा, यौनजन्य क्रियाकलाप र आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा अभियान सुरु गरेको छ । जिल्ला प्रहरीले टोलटोलमा प्रहरी परिचालन गरी महिला हिंसा तथा बलात्कार न्यूनीकरणबारे चेतनामूलक कार्यक्रम गरिरहेको छ । प्रहरी सक्रियता तथा विभिन्न चेतनामूलक कार्यक्रम गरे पनि जिल्लामा बलात्कारका घटनामा भने कमी आउन सकेको छैन । स्थानीय तहले अपेक्षा अनुसार जनचेतनाका कार्यक्रम हुन नसकेको अधिकारकर्मीहरुको गुनासो छ ।

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  ११ : ३९ बजे