१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले भारतीय रुट पायो



बुटवल ।
निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलले भारतीय रुट पाएको छ । अन्र्तराष्ट्रिय हवाई रुटको समस्या भइरहेका बेला भर्खरै भारत भ्रमणबाट फर्किएका संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले उक्त बिषयमा छलफल गरी नेपालले अब भारतयि रुट पाउने बताउनु भएको हो ।
ग्लोबल एभिएसन समिटमा भाग लिन भारत जानुभएका मन्त्री अधिकारीले भारतका उद्योग वाणिज्य तथा नागरिक उड्यनमन्त्री सुरेश प्रभुसँग हवाई रुटको विषयमा छलफल गरेका गर्नुभएको थियो । मन्त्री प्रभुसँगको छलफलपछि भारत उक्त रुट दिन तयार भएको हो ।
साथै भारतले अन्य रुट दिन इच्छा जाहेर गरेको मन्त्री अधिकारीले जानकारी दिन्ु भएको छ । भारतीय आकाशबाट आएका कुनै पनि जहाज अहिले सिमरा बिन्दुबाटमात्र प्रवेश हुन्छन् ।
महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र वीरगञ्जबाट पनि आउन दिन नेपालले माग गर्दै आएको छ । यसमा भारतले सहमति दिए पनि काम भने अघि बढ्न सकेको छैन् ।

प्रकाशित मिति : ८ माघ २०७५ मंगलबार ००:००  ११ : ४६ बजे