१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रुखबाट खसेर ७० वर्षे बृद्धको मृत्यु



दाङ ।
दाङमा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । गढवा गाउँपालिका–५ का ७० वर्षे देवीबहादुर गिरीको घाँस काट्ने क्रममा सालको रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

स्थानीय कक्रहवा चिउरीघाट सामुदायिक वनमा घाँस काट्न गएका थिए । शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १० माघ २०७५ बिहिबार ००:००  ५ : २८ बजे