२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

अमेरिकी राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनको हारको समीक्षा…



सञ्जय पन्थी ।
अमेरिकाको पछिल्ला केही बर्षका चुनावहरु विशेष चर्चित रहे । यतिबेला विश्व राजनीतिमा उथलपुथलको अवस्था छ ।उथलपुथलको शुरुवात सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनलाई लिन सकिन्छ । बर्तमानमा बेलायतको संसदमा भएको संसदीय अभ्यास र भेनेजुएलाको राजनैतिक टकरावले त्यसलाई पुष्टी गर्छ ।
बेलायती संसदमा प्रधानमन्त्री ‘टेरिजा मे’ले आफ्नो दलको बहुमत रहँदा-रहँदै गत हप्ता बेलायती संसदमा प्रस्तुत ब्रेकजिट बिधेयक बहुमतले अस्वीकृत गरिदियो । त्यसरी नै अमेरिकी चुनावमा ३० लाख लोकप्रिय मत बढी पाउँदा पनि हिलारीले हार व्योहोर्नु परेको थियो ।
अमेरिकाको राष्ट्रपतिकी उम्मेद्धवार भएकी हिलारी क्लिन्टन अमेरिकी ईतिहासमा नै ठुलो पार्टीले मनोनयन गरेकी पहिलो महिला उम्मेद्धवार थिईन । उनले लेखेको पुस्तक ‘व्हाट हेपेन’ (के भयो) मा चुनावमा के–के भयो ? त्यसलाई उनले सुक्ष्म रुपले केलाएकी छन् । उनले भनेकी छन्–हामी किन यति विभाजित छौं । भाबी पुस्ताका लागि हामी के गर्न सक्छौं ? लगायतका बिषयमा केन्द्रित भएर समग्र बिश्वको राजनैतिक ब्यवस्था र अबस्थालाई उनले नियाल्ने प्रयास गरेकी छन् ।
क्लिनटनको ईमेल प्रकरण

निर्वाचन पश्चात सन् २०१७ मा लेखिएको यस पुस्तक ५ खण्डमा विभाजित छ ।
पुस्तकमा निर्वाचन प्रसंगमा रुसबाट (क्रेमलिन) चलाईएको सुचना युद्ध संघीय अनुसन्धान विभाग (फेडरल ईनभेसटिगेसन ब्युरो) ले निर्वाचनमाका बेला गरेका ‘अभुतपूर्व हस्तक्षेप’ अमेरिकी राजनैतिक संस्कृतिको प्रभाव भैरहेको आक्रोश, रिस, पश्चताप, गरेर विगतलाई संझीराख्नु भन्दा चुनावबाट पाठ सिकेर आशाबादी भबिष्यमा अघि बढ्न आवश्यक छ । साथै प्रजातन्त्रलाई कसरी सुरक्षित राख्ने, भावी पुस्तालाई इतिहास प्रति जिम्मेवारी बोध कसरी गराउने जस्ता बिषयमा चिन्तन गरेकी छन् । क्लिन्टनले उद्देश्यलाई निरन्तर जारी राख्न सक्नुपर्छ भन्ने उनको मान्यता छ । राजनीतिकर्मी र कार्यकर्ता सरल र लगनशीलताका साथ अगाडी बढ्न आवश्यक रहेको, उनको अनुभव छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प राजनीतिमुलुक र विश्व प्रति खतरा छ, भन्दै हिलारी उनको सपथमा जान वा नजाने द्धिबिधा भएका कुरा पुस्तकमा उल्लेख छन् । सत्ताको शान्तिपूर्ण हस्तान्तरण अमेरिकाको महत्वपूर्ण परम्परा र प्रचलन हो । २४ बर्षअघि हिलारी पति बिल क्लिन्टन राष्ट्रपति हुदा पराजित उम्मेद्धवार तथा पूर्व राष्ट्रपति जर्ज डब्लु बुश र उहाँकी धर्मपत्नी बार्बरा बुश आउनु भएको क्षण स्मरण गरिएको छ । निर्वाचित राष्ट्रपतिको सपथ ग्रहणमा सहभागी भएर योजना र संभावनाहरुको सोच आउने आशा नभए पनि सहभागी भएर राष्ट्रपतिले सक्ने जति हा“सो देखाएर हिडेका प्रसंग पुस्तकमा उल्लेख छन् ।
राष्ट्रपति ट्रम्पको उद्घाटन भाषणले देशलाई बिभाजित र तिक्तता पूर्ण अवस्थामा पु¥याएका अनुभव उदृत गरिएको छ ।
डार्क र राष्ट्रबादी सरकारका रुपमा प्रस्तुत गरेको उल्लेख गर्दै अमेरिकी पूर्व सिनेटरडेनियल प्याट्रिक मोनियामको ‘सबैको आफ्नो मत विचार हुन्छ । तर लक्ष्य भने हुदैन् ।’ भन्ने भनाइलाई स्मरण गरेकी छन् । आफ्ना विपक्षीहरुलाई ऐतिहासिक चित्रबाट मेटाउन आफैले देखेको विश्वास नगर,बिज्ञहरुलाई पनि विश्वास नगर, संख्यामा पनि विश्वास नगर, मलाई मात्र विश्वास गर ।’ भन्ने चुनाव ताकाको भनाई उल्लेख गर्दैं ट्रम्पले सत्य माथिको युद्धलाई नयाँ स्तरमा पु¥याएको उल्लेख गरेकी छन् ।
अरु सबैले खराब गर्छन भने किन राम्रो गर्नु प¥यो ? भन्ने विचारबाट ट्रम्प अभियान ग्रस्त भएको अमेरिकाले अरु देशले भन्दा राम्रै गरेको थियो, गरिरहे कैं छ । असमानता, कम आर्थिक बृद्धि साथै बिविध चुनौती । समस्याहरु भएपनि अमेरिकी बिविधतालाई फाईदा । कठीन पुजीका रुपमा देखिन्छ ।
सन् २००८–०९ मा आर्थिक मन्दी रिपब्लिक पार्टीको बेलामा घटेको भएपनि डेमोक्रेटिक पार्टीले परिपूर्ति योजना ल्याएर जनताको रिस र आक्रोश कम गर्ने प्रयास गरेको थियो । विगतले पनि यही देखाएको हो । लगातार ८ बर्ष ≈वाईट हाउस (अमेरिकी राष्ट्रपति निवास) बस्ने पार्टीले त्यस कार्यकाल जित्न गाह्रो हुन्छ ।
यस्को अपवाद सन् १९८९ मा रोनाल्ड रेगनले दुई कार्यकाल पछि रिपब्लिकन कैं जर्ज बुशले चुनाव जितेका थिए । सन् १८३६ मा उपराष्ट्रपति मार्टिन वन बरेन राष्ट्रपति एनड्रियु ज्याक्सनका उत्तराधिकारी भएका थिए ।
अमेरिकारको राष्ट्रपति चुनावलाई ‘म्यासिभ ईन्टरप्राईज’ भन्दै यसमा हजारौ कार्यकर्ता, बिज्ञ र जनता समावेश भएर काम गर्छन् । चुनावमा जेण्डरको कुरा गर्दै उनले लेखेकी छन्– यसले पनि फरक पारे होला, यसभन्दा अगाडी कहिल्यै ठुला पार्टीले यसरी महिलालाई राष्ट्रपतिको उम्मेद्धवार बनाएका थिएनन् । हुने कुरा त झनै टाढा भयो । म महिला, महिला राष्ट्रपतिका लागि चुनावमा उड्ने प्रचलन नैं छैन् । हुन सक्छ, मेरो नेतृतव शैली पनि समय मिल्दो भएन् । मैले खुलेरै बिषयबस्तुको ब्याख्या नगरेकी हौला । बुझाउन भए हौला ।
राजनीतिमा महिला हुनुको अध्याय (पृः१११ देखि १४५ )सम्म छ । महलिालाई राजनीतिमा सजिलो छैन्–यो जटिल र निराशापूर्ण भएपनि अद्भुत सिकाइको निरन्तर भएको उल्लेख गरेकी छन् । सन् १९३८ मा कानुन संकायमा भर्ना लिन जा“दा उनलाई कसैले भनेछ, तिमी यता आउन आवश्यक छैन् । घर जाऊ र विबाह गर । अर्काे एकजनाले भनेछन् – तिमीले कानुन पढ्ने स्थान पाए हाम्रो कद घट्छ । म भियतनाम जान्छु र वलिदानी दिन्छु ।
हवार्ड ल स्कुलमा भर्ना लिन जा“दा उनलाई भनेछन्–हामीलाई धेरै महिलाको आवश्यकता छैन् । त्यसपछि अध्ययनका लागि उनी येल विश्वबिद्यालयमा पुग्नुप¥यो । येल विश्वबिद्यालयमा २ सय ३५ ल, का विद्यार्थी मध्ये २७ जना मात्र छात्रा थिए । त्यसमध्येकी एक थिईन् हिलारी ।
पुरानो ल फर्ममा काम गर्ने पहिलो महिला सहभागी बन्न पुगेकी उनी मानव अधिकार, महिला अधिकारका मुद्धामा शसक्त आवाज उठाउन सफल रहिन् । साथै प्रथम लेडी भएर पनि विदेश मन्त्रीका रुपमा काम गर्दा उनले राम्रै काम गरेकी थिईन् । आफ्ना पतिले राष्ट्रपति पद छाड्नु अगावै न्युयोर्कबाट निर्वाचित भएर सपथ लिएको जस्ता अनुभव उनीसंग रहे ।
राष्ट्रपति उम्मेद्वार भएकी महिला आफुलाई महिला भएर राष्ट्रपतिय उम्मेद्वार भएको नसोच्ने हिलारीले यो अध्यायमा उल्लेख गरेका कुराहरु संसार कै शक्तिशाली मुलुक, पुरानो प्रजातान्त्रिक मुलुक, मानव अधिकारको अगुवाई गर्ने मुलुक, समानताको नारा दिने मुलुक अमेरिकामा पनि समकालिन समयमा महिलाको अवस्था उनीहरु प्रतिको समाजको दृष्टिकोण लगायतका छन् । पुस्तक अध्ययन गर्दा लाग्छ – नेपाल जस्तो अतिविकसित गरिब, भर्खर प्रजातान्त्रिक संस्थाहरु निर्माण गर्दैं गरेको मुलुकले निराशा हुनुपर्ने देखिदैन् ।
यस अध्यायमा उनले उल्लेख गरेका केही उदाहरण स्मरणीय छन्–उनले अर्कान्ससमा प्राक्टिस शुरु गरेपछि ‘लेडी लयर’ भनेर मानिसहरु हेर्न आएका थिए । त्यसैगरी महिलाले अदालतका मुद्धाको पैरवी गरेको, महिलाको पहिरनर कपाल बारे कमेन्ट गरेको । आफ्ना पति विल क्लिन्टन सन् १९८० मा गर्वनर पदको चुनावमा होमिएको कारण आफुलाई आफ्नो काम पछाडि क्लिन्टन नलेखेको, पतिको विरोध गर्दा घरै बसेर भान्साको काम र चित्र बनाउने गरेको भए हुन्थ्यो । पढेर आफ्ना पेशा शुरु गर्दा पनि श्रीमानलाइ नोक्सान पु¥याएको जस्तो कमेन्ट उल्लेख छन् ।
प्रत्येक तहमा महिला माथि चुनौती छन् । माथि उक्लिदै गर्दा चुनौती छन् । माथि जादै गर्दा चुनौती अरु थपिदै जान्छन् । परिवार पहिलो भनेकाम गर्न गंभीर नभएको आरोप लाग्ने, कडा भए कसैले मन नपराउने, नरम भए ठुला कामहरु गर्न नसक्ने रुपमा चित्रण गरिन्छ । जति राम्रो काम गर्न खोजे पनि महिलाहरुलाई श्रेणी विभाजन गरेर मूल्यांकन गरिन्छ । यस्तो सम्मान महिला ‘ओभल अफिस’मा बसेको सोचाइ कहाँबाट आओस। अमेरिकीहरु अहिले पनि महिला सेनाको परमाधिपति भएर काम गर्नुपर्ने सो काम कठिन भएको देख्ने गरेका छन् । मेरो ब्यक्तिगत कुरा होईन् । महिला राष्ट्रपति हुने, नहुनेमा नै अमेरिकी मतदाता, अप्रमाणिक रुपमा विभाजित छ ।
उनी भन्छिन्–मेरो कामले पनि यस्तो भएको हुनसक्छ । म बाट पनि गल्ती भएका छन् । तर पुरुषले गल्ती गर्दैनन् भन्ने मध्ये, आफु गलत भएपनि क्षमा नमाग्नु अरु कडा काममा प्रस्तुत भएर आक्रमण गर, रणनिती अपनाएर राजनिती भएको उल्लेख छ ।
ट्रम्पका सर्मथकहरुले । मैले गन्न सक्ने भन्दा बढी पटक हिलारीलाइ जेल हाल्ने भनेका छन् । महिला नेतृ हाम्रो जस्तो राष्ट्रपतिय प्रणालीमा भन्दा संसदीय ब्यवस्थामा माथि जान सक्छन् । संसदीय ब्यवस्थामा दिनरात संग संगै काम गरेका साथीहरुले नजीकबाट, उनीहरुको प्रतिभा र प्रतिष्पर्धात्मक क्षमतालाई कमी केवल नियालेका हुन्छन् । यस्तो व्यवस्थामा नै महिलाको समबन्ध बनाउन सक्ने क्षमता, जहाँ भानात्मक क्षमता आवश्यक हुन्छ । सुझावको आवश्यकता हुन्छ ।
चुनावमा पराजित भएपनि ठुलो पार्टीबाट महिला राष्ट्रपति उम्मेद्धवार भएकोले, महिला राष्ट्रपति बन्ने संभावना बढेको छ । हामीले यो यर्थाथलाई राष्ट्रिय राजनितीको मुलधारमा पु¥याएका छौं । पुरुषले सिकाउने र महिलाले आफुमाथि नै शंका गर्ने चुनावमा १३ करोड ६० लाखले मताधिकारको प्रयोग गरे । सरकार र अमेरिकी नेतृत्व माथि विश्वासको स्तर साह्रै तल खस्केको छ ।
वर्ग, जात, क्षेत्र, लिंग र राजनितीक दल बीचको खाडल बढेको छ । राजनितीकको काम यो विभाजनको खाडललाई पूर्ति गर्दै राष्ट्रलाई एक गर्नु हो । चुनावी रातबारे लेख्दै उनी भन्छन् – प्रथम निर्वाचित महिला राष्ट्रपतिको रुपमा भााषण दिन तयार भईरहदा हिलारीले टिपेका केही बुँदाहरु उल्लेख गरेकी छन् । भाषण दिनु पर्दा भन्ने थिए, प्रजातन्त्रको ताकत बारे जनतालाई आश्वस्त पार्ने, हामी बनाम् तिमीहरुको सट्टा अमेरिकी सपना सबैको लागि र सबै अटाउने हो ।
चुनावी नतिजा आईरहदा बिहान १ः३५ मा ट्रम्पलाई फोन गरे, र तुरुन्तै सम्मानजनक रुपमा जनमतको स्वीकार गरे । चुनाव हारेकोमा म आफैलाई दोषी देख्छु । मैले जनताको आक्रोश बुझ्न सकिन् र म यथास्थितीको उम्मेद्धवार हुन पुगे । मैले जनआक्रोश र फरस्टेशन (निराशालाई) बुझ्न सक्नुपथ्र्याे । हाम्रो चुनाव ईलेक्ट्रोल कोलाजले निणर्य गर्छ । अलेक्जेण्डर हयामिल्टनले यस पक्षलाई विरोधी हस्तक्षेप रोक्न राखिएको भनिएको छ ।
चुनाव हारेपछि मलाई लाग्यो किन कसैले अब कुरा गर्ला ? जे भएपनि शान्तिपूर्ण सत्ता हस्तान्तरणको हाम्रो महत्वपूर्ण प्रचलनलाई हामीले पूरा ग¥यौं । चुनावी नतिजा पछि मैले भने– म नतिजालाई आदर गर्छु र स्वीकार गर्छु डोनाल्ड ट्रम्प हाम्रो राष्ट्रपति हुनुहुन्छ । हामीले उहालाई नेतृत्व देखाउने मौका दिनुपर्छ ।

आखिर म चुनावमा किन पराजित भए ? के कमी थिए ? पराजयको पाठ के–हो ? भन्ने बारे बिस्तृत बिबरण दिदै हिलारी लेख्छिन्– पराजयको सम्पूर्ण जिम्मा म लिन्छु, किनभने म उम्मेद्धवार थिए, मेरो अभियान थियो, चुनावी अभियान समवन्धी सबै निणर्य मेरा थिए, मेरा ईमेलबारे आवश्यकता भन्दा बढी चर्चा भए, क्रेमलिन निर्देशित अप्रत्याशित हस्तक्षेप अभियान र फेक समाचारको बाढी पहिरो थियो । जनताको आक्रोश, असन्तुष्टी बुझ्न नसक्नु, विभेद –लिंग) बारेको सोचाई । के चुनावी अभियान अरु राम्रो हुन सक्थ्यो ? चुनावी सन्देश के थियो ?
बिभिन्न ओपनियन पोलले के भनीरहेका थिए, केन्द्रिय जासुस अनुसन्धान (एफबीआई) बाट पटक–पटक को मेरो ईमेल बारेका प्रतिवेदनमा १३ करोड ६० लाख मत मध्ये ७७,७४४ मतबाट चुनावी निणर्य भयो, पेन्सालभेनिया, मिचिगन, विस्कन्सिन राज्यमा ४०,००० मतदाताको मन जित्ने सकेकी भए चुनाव हाम्रो पक्षमा हुने थियो । ३० लाख लोकप्रिय मत बढी ल्याएपनि ईलोक्ट्रोकल कोलाज बाट निणर्य हुने हुदा चुनावमा पराजित भए ।
मेरो राजनितीमा विकृति र विभाजन पपुलिज्म….र राजनिती प्रतिको वितृष्णा …मा प्रभावकारी सन्देश दिन नसक्नु मेरै कमजोरी थिए भन्ने उनले स्वीकार गरेकी छन् । ईमिग्रेसन बारे जनताको सोचाइ अश्वेत जनसंख्या प्रतिको दृष्टिकोण मुस्लिम मतदाता प्रतिको सोचाई, राष्ट्रपति ओवामा अमेरिकामा जन्मेका होईनन् भन्ने ट्रम्पको अभियान (जबकी सन् २०१४ को चुनावी अभियानमा जोन म्याकेनले ओवामा विदेशी हुन् भन्ने कुरालाई खण्डन गरेका थिए) आदी जस्ता गलत सुचनाको प्रवाह मेरा हारका कारण थिए, जति मन नपर्दा र रिस उठ्दा कुरा भएपनि हाम्रो स्वतन्त्र समाजको स्तम्भ भनेको ‘राईट टु भोट’ हो । यही मताधिकारको रक्षा गर्नु प्रजातन्त्रलाई सदृढ बनाउने र रक्षा गर्ने एक मात्र महत्वपूर्ण काम हो ।
जनताको आकंक्षलाई बुझेर धरातलीय यर्थाथतामा रहेर, वास्तविकता बुझेर सन्देश निर्माण गर्दै प्रजातन्त्रका आधारलाई सुदृढ गर्नु हामी सबैको कर्तब्य हो । अर्थहीन भएर होईन निराश भएर होईन, मूल जराबाट टाढा भएर होईन, परिवर्तन बारे नकारात्मक सोचाई राखेर होईन, तत्कालिन क्षणिक लाभ केन्द्रित भएर होईन, आफुसंग टाढिएका जनतासंग रिस देखाएर होईन, चर्का उग्र नारा दिएर होईन, व्यक्तिगत आकांक्षाबाट पीडित भएर होईन, समाजिक सद्भाव ÷ सहिष्णुता खलबलाएर होईन ।
नकारात्मक प्रबृति प्रति प्रतिरोध गर्दै सही कुरामा जोड दिदै मुलुक र जनताको बृहत्तर हितमा अडिग भएर सबैको सद्भाव, सहयोग, सर्मथन लिएर काम गर्नुपर्ने निचोड उनले निकालेकी छन् । ट्रम्प पक्षिय प्रायोजित समाचारलाई खण्डन गर्दै वास्तविकतालाई प्रस्तुत गरेका उनका अनुभव छन् । प्रजातन्त्र भनेकैं नागरिकलाई सुसुचित गर्दैं छलफलमा नागरिकको स्वतन्त्र सहभागीता हो ।
नागरिकका तर्कपूर्ण अभिव्यक्ति र बिचारलाई सम्मान गर्न सक्नु पर्छ । सत्यका पक्षमा अडिग रहेर त्यसका पक्षमा अभिमत जोहर गर्न सक्नुपर्छ । प्रजातन्त्रका लागि उक्त प्रक्रिया बहुमुल्य र शक्तिशाली हुन्छ । हामीले सम्पूर्ण देशवासीलाई संग संगै लैजान सक्नुपर्छ भन्ने उनको मान्यता छ ।
अफ्रिका महादेशको प्रचलित भनाईलाई स्मरण गर्दैं उनले भनेकी छन् ‘यदि छिटो जानु छ भने एक्लै जाऊ, यदि टाढासम्म जानु छ भने संग संगै जाऊ ।’ हिलारी क्लिन्टनको चुनावी अभियानमा ईमेल प्रकरण प्रयायोजित तवरबाट पुनरावृति भैरह्यो । उक्त प्रक्रियाका बारेमा विदेश विभागका कर्मचारीलाई उदृत गर्दै उनले ‘ विदेशमन्त्री जोन केरी भन्दा अगाडिका कुनै मन्त्रीले पनि ‘स्टेट गर्भमेन्ट ईमेल’ ठेगाना प्रयोगमा ल्याएका थिएनन् । हिलारीलाई हराउन सकिदैन भन्ने लागेर नैं रिपब्लीक पार्टीलाई लागेपछि लिबियाको बेनगाजी जहाज घटनामा हुदा लिवियाका लागि अमेरिकी राईफल …..। बिशेष समिती बनाएर छानबिन गरेर हिलारीको पक्षमा देखिएको सर्मथन कम गर्ने काम सम्म भए ।
१९ औं शताब्दीमा जमीन र समुद्रमा दुई किसिमका लडाईभए । २० औं शताब्दीमा त्यो लडाई अकाशतिर विस्तारित भयो । २१ औं शताब्दीमा लडाईहरुको थलो साईबर स्पेश भईरहेछ ।
हाम्रा राजनितीज्ञ के यो चुनौतीलाई समाना गर्न तयार छन् ? ईमेलको प्रकरण र चुनावमा रसियन हस्तक्षेपको चर्चा गर्दैं जा“दा आधुनिक ईतिहास कुनै विदेशी शक्तिले केही परिणाम विना नैं हामीलाई आक्रमण गरे । त्यसले हामी सबैलाई खतरामा पु¥याएको छ । त्यसैले हिलारी भन्छिन्– म हाम्रो प्रजातन्त्र बारे चिन्तित छु । झुठ र भष्ट्राचारले कानुनीराज राष्ट्रका संस्थाहरु र हाम्रा लागि आधारभुत मुल्य मान्यतालाई चुनौती दिईरहेको छ ।
दोस्रो विश्वयुद्धको अन्तसंगै आन्ध्र महासागरको दुबैतिरका त्यसबेलाका दुरदर्शी नेताहरु कैं ठाँउमा आएर विश्वयुद्धले सिर्जना गरेको खरानी माथि नयाँ लिबरल अर्डर (उदार व्यवस्था) को परिकल्पना गरे । उनीहरुले विश्वव्यापी रुपमा मानव अधिकारको रक्षा गर्दैं अधिनायकबाद परास्त गर्दै विश्वमा शान्ति, समृद्धी, स्वतन्त्रताको बहाली गरे ।
हामी अमेरिकीहरुको विरासत त्यही हो । हामी यसमा गर्व गर्छाै र यसको रक्षा गर्ने छौं । रसियाका पुटीन र अमेरिकाका ट्रम्पका बीचमा जे भएको छ । त्यसले ती सबै मुल्य र मान्यता माथि खतरा आईलागेको छ ।
रसियाको हस्तक्षेप

ईमेल प्रकरणलाई हिलारीले वाटरगेट भन्दा पनि खराब भनेकी छन् । जुन २०१७ मा जीम काल्परलाई सोधिएको छ , कसरी रसियन काण्डलाई कसरी वाटरगेट काण्डसंग तुलना हुन्छ । त्यस बखत काल्परले भनेका छन् ‘मलाई वाटरगेट बारे थाह छ, त्यतिवेला म एयर फोर्समा काम गर्थे म जावन अधिकृत थिए । त्यो डर लाग्दो समय थियो ।’ अहिले हामीले भोगिरहेको कुरा वाटरगेट संगै तुलना गर्दा मिल्छ ।’
हिलारी भन्छिन् ‘हाम्रा मुख्य विरोधी दुश्मनले जसरी हाम्रो प्रजातन्त्रका माथि आक्रमण गरीरहेका छन् । त्यसमा राष्ट्रपति कै टीम (कार्यदल) बाट जसरी सहयोग र प्रोत्साहन पाईरहेको छ । जनता भ्रमित गर्ने झुट बोल्ने धोका दिने तर्कहीन शब्दवाण यर्थाथलाई बंगाउने आत्मरतिमा रमाउने, त्यस्तो भ्रमले अझै गंभीर बनाएको छ ।’
यो प्रकाशन हिलारीको नितान्त ब्यक्तिगत संस्मरण हो । चुनावी अभियानमा आफुबाट भएका गल्ती, कमी÷कमजोरी ट्रम्पसंगका राष्ट्रपति डिबेट लगायतका पक्षलाई जीवनका पाठका रुपमा प्रस्तुत गरेकी छन् । महिला भएर अमेरिका जस्तो प्रजातन्त्रको धरोहर देशमा गरेको राजनिती, विदेशी समाचार बाट चुनावमा भएको हस्तक्षेप, ईमेल प्रकरणलाई विरोधी र अनुसन्धानकर्ताहरुले समेत अनावश्यक र अनायसै उछालेका थिए ।
पुस्तक आफैमा पठनीय छ । चुनावी रणनीतिमा चासो राख्नेहरुका लागि हिलारीको अनुभवबाट पाठ सिक्न यो पुस्तक सहयोगी देखिन्छ । नेपालको सन्र्दभमा, सस्ता पपुलिस्ट नाराबाट जनतालाई भ्रमित गरेको सत्य र तथ्य बंगाउनेलाई पनि झुठ भन्न नसक्नु, बिचार,तर्क र शब्दले समेत प्रतिकार गर्न नसकेको र पराजित मानसिकता बोकेको नेपाली कांग्रेसले पनि पुस्तकबाट सिक्न सक्ने उदाहरण छन् । नेपालमा कांग्रेसले चुनाव हारेको हो, मैदान हारेको हैन् । यस्तो अवस्थामा नेतृत्वले आफ्ना कमीकमजोरी लुकाउन उद्यत देखिन्छ । पुस्तकमा हिलारीले निर्वाचनमा पराजय हुनुको कारण आफैभित्रबाट उत्खनन् गरेकी छन् ।
अन्यमा विश्वमान चित्रमा सरसर्ती हेर्दा भूराजनीति बद्लाव छिटोछिटो भईरहेको देखिन्छ । विश्व अस्तव्यस्त अव्यवस्थित छ । राष्ट्रहरुअन्र्तमुखी भएका छन् । जनता आफ्नो पहिचान खोजिरहेका छन् । असमानताले सबैतिर पिरोलेको छ । विश्वव्यापीकरण को नतिजा सबैका लागि प्रभावकारी हुन सकेन् ।
चीन लगायतका समपन्न राष्ट्रले यसबाट लाभ उठाउन सके । जनतालाई गरीबिको पंजाबाट उठाएपनि, धेरै राष्ट्रहरुले शुसाशनमा आर्थिक सुरक्षा र समाजिक एकतामा खलल पनि प¥याएको देखिदैछ । वर्तमान विश्वको विबाद राष्ट्र–राष्ट्र बीच नभएर समपन्न र निमुखा बीच देखिएको छ । यस अघिका बिवाद बामपन्थी र प्रजातन्त्रबादी, पश्चिमा र पूर्वका राष्ट्रहरु बीच हुने गरेको थियो । तर यतिबेला हामीहरु र तिमीहरुका विरुद्ध भन्ने भावना बढ्दो छ । हुनेखाने र निमुखाको बीच खडा भएका पर्खालहरु बढ्दै जादा के साम्यवादी ब्यवस्थाको उपयुक्तता बारे बहस भईरहदा समाजिक न्याय “प्रजातान्त्रिक समाजबाद”मात्र विकल्पका रुपमा देखिन्छ ।
जनस्तरको समाजिक सुरक्षाका साथै उनीहरुको मौलिक हकहरुको प्रत्याभुती गर्ने । आफ्ना कमजोरी लुकाउन भन्दा अरुका लागि समेत पाठ हुनेगरी प्रस्तुत गरेकी छन् । पुस्तक नेपाली राजनीतिक दलका नेतृत्वका लागि अझै पठनिय हुने देखिन्छ ।

प्रकाशित मिति : १३ माघ २०७५ आइतबार ००:००  २ : ०५ बजे