६ असार २०८३, शनिबार | Sun Jun 21 2026

भोजपुरमा आमाद्धारा छोराको हत्या



भोजपुर ।
आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छन्। रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका–९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाइ छ। स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। पानीट्याङ्कीमा कोठा भाडामा बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तलामा खुकुरी प्रहार गरी हत्या गरेकी हुन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६ मंगलबार ००:००  ११ : ३४ बजे