८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

निर्दयी आमाः जसले अचानोमा राखेर छोरालाई दुई टुक्रा बनाइन्



भोजपुर ।
भोजपुर सदरमुकाममा बस्दै आएकी एकजना आमाले आफ्नै नाबालक छोरालाई अचानोमा राखेर खुकुरीले काटी हत्या गरेकी छन् । राप्रसाद गाउँपालिकास्थित बासिखोरा घर भइ भोजपुर नगरपालिका(९ पानीट्यांकीमा बस्दै आएकी २५ वर्षीया सम्झना थापाले मंगलबार बिहान २२ महिने छोरालाई छोरो सम्बोधनलाई अचानोमा राखेर दुई टुक्रा परेकी हुन्। मंगलबार बिहान ७ बजेको समयमा अचानोमा राखेर काट्दा छोरा सम्बोधनको शिर र टाउको दुईटुक्रा भएको थियो। स्थानीय छिमेकीले सम्झनाको मानसिक सन्तुलन ठीक नभएको दाबी गरेका छन्। पानीट्यांकीमा बस्दै आएकी सम्झनाले भेनाजु रमन राईको घरको माथिल्लो तलामा लगेर छोरालाई खुकुरीले दुई टुक्रा बनाएकी हुन्। लघुवित्त कम्पनीमा जागिरे नाबालकका बाबु सूर्यबहादुर थापा कामको क्रममा सदरमुकाम बाहिर गएका बेला यस्तो घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी केशवकुमार थेबेले बताएका छन्। रासस

प्रकाशित मिति : १४ जेष्ठ २०७६ मंगलबार ००:००  ११ : ५३ बजे