२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

अर्घाखाँचीमा ज्वाईले गरे सासुको हत्या



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा मदिरा पिएर मातिएका आफ्नै ज्वाईले सासुलाई घाँटीमा डोरीले कसेर हत्या गरेका छन् । दाङ जिल्ला राप्ती गाँउपालिका २ लालमटिया घर भएका आफ्नै जेठा ज्वाई २९ बर्षीय बसन्त कुमालले ससुराली आएका बेला अर्घाखाँची सितगंगा ८ सातमारा बस्ने सासु ४३ बर्षीय ईन्द्रा कुमाललाई घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीले जनाएको छ ।
माईत रहेकी श्रीमतीलाई लिन असार २९ गते ससुराली आएका अभियुक्त बसन्तले सोमबार राती सासु र म सगै बसेर रक्सी खाएको र त्यही बेला झगडा हँुदा मदिराको झोकमा घाँटीमा डोरीले कसेर हत्या गरेपछि भान्साकोठामा बारेको बाँसको चिरपटमा लगेर आफुले सासुलाई झुन्डाएको प्रहरी सामु स्विकार गरेका छन् ।
सासुको हत्या गरेपछि अभियुक्त कुमालले सासु झुन्डिएको भन्दै गाउँलेलाई बोलाएका थिए । घटनास्थलमा गाउँले आउदा कुमाल भागेर नजिकै आफन्त कहाँ गएर बसेका बेला जानकारी पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरिक्षक गणेश बहादुर नरालको नेतृत्वमा गएको प्रहरीको टोलीले अभियुक्त कुमाललाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७६ मंगलबार ००:००  ७ : ४० बजे