३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

कालिका सामुदायिक वन उपभोक्ता समूहको २४औँ वार्षिक साधारणसभा सप्पन्न



बाबुराम रायमाझी ।

“रुख रोपौ बन जोगाऔ” भन्ने मूल नाराका साथ बाणगंगा नगरपालिका–९ मा रहेको कालिका सामुदायिक वन उपभोक्ता समूहको २४औँ वार्षिक साधारणसभा समुहको आफ्नै कार्यालय परिसरमा सम्पन्न गरेको छ।सभामा समूहका सचीव दुर्गा मरासिनीले समुहको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने लेखा संयोजक लालमणि अधिकारीले आर्थिक वर्ष ०८२/८३ को ८४ लाख बराबरको आय-ब्यय सार्बजनिक गर्दै लेखा समितिबाट आफ्नो सुुुझाब सहित लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे ।

कार्यक्रममा समुहका अध्यक्ष टुकलाल शर्माले आगामी बर्ष को निति तथा कार्यक्रमको बारेमा बताउदै आर्थिक बर्ष २०८३र०८४ का लागि करिब ७९ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो ।साथै प्रस्तावित बजेटमार्फत अति विपन्न वन उपभोक्ता परिवारलाई गरिबी न्यूनीकरण तथा जीविकोपार्जन सहयोग, आयआर्जन तथा व्यवसायमुखी तालिम, महिला सशक्तीकरण, सामुदायिक विकास, वन विकास तथा संरक्षण, स्वास्थ्य बीमा, स्वास्थ्य शिविर, खेलकुद व्यवस्थापनलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष शर्माले बताउनु भएको थियो ।

साधारणसभामा सामुदायिक बिधालयमा अध्ययनरत गरीब तथा जेहन्दार ५ जना विद्यार्थीलााई पाठय सामाग्री र स्कुले झोला वितरण गरिएको थियो भने ५ जना अपांग र २०८२ सालको कक्षा १२ मा उत्तीर्ण २ जना विद्यार्थीलाई नगदबाट सम्मानित गरेको थियो ।कार्यक्रममा डिभिजन बन कार्यालय कपिलवस्तुका वरिष्ठ बन अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथि जय प्रकाश गुप्ताले वनको दिगो संरक्षण र संवर्द्धनका लागि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो।

त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि तथा वडा अध्यक्ष कमल पौडेलले सामुदायिक बनले सामाजिक काम गर्दा वडा संग समन्वय गरी काम गर्दा काम प्रभावकारी हुने बताउनु भएको थियो ।सभामा कोइलीचौर सामुदायिक बनका अध्यक्ष कुन्तामणि भुसाल ,अमृते सामुदायिक बनका अध्यक्ष योगेन्द्र पौडेल लगायतले साधारणसभाको सफलताको शुभकामना दिदै कालिका सामुदायिक बनले गर्दै आएका महत्वपूर्ण कार्यहरूको प्रशंसा गर्नु भएको थियो ।कार्यक्रम समुहका अध्यक्ष टुकलाल शर्माको अध्यक्षता उपाध्यक्ष खुमकला सुनारको स्वागत र सचीव दुर्गा मरासिनी को संचालन भएको थियोे ।

प्रकाशित मिति : ३० आश्विन २०८३ शुक्रबार ००:००  ८ : ५४ बजे