१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

विद्यार्थीसंग घुस माग्ने शिक्षक अख्तियारको नियन्त्रणमा



बाँके ।
विद्यार्थीलाई परीक्षामा उत्तीर्ण गराइदिन्छु भन्दै रकम मागेको आरोपमा दाङको घोराहीस्थित श्री मावि, रझेनामा कार्यरत शिक्षक गणेश केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको टोलीले नियन्त्रणमा लिएको छ ।
डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षामा उत्तीर्ण गराइदिन्छु भन्दै परीक्षार्थीसँग घुस मागेको उजुरीको आधारमा १० हजार रुपैयाँ सहित केसीलाई पक्राउ गरिएको आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए ।
उनले केसीलाई विद्यार्थीबाट लिएको घुस रकमसहित रंगेहात नियन्त्रणमा लिन सफल भएको बताए । केसीलाई घोराही उपमहानगरपालिका १५ बाट घुस रकमसहित नियन्त्रणमा लिएको पाण्डेले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७६ सोमबार ००:००  ९ : ४७ बजे