१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

चन्द्रौटा क्षेत्रका गहतराज एक जुट, गरे संजाल गठन



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको चन्द्रौटामा गहतराजहरुको भेलाले संजाल गठन भएको छ । भेलाले राज कुमार गहतराजको अध्यक्षतामा ११ सदस्यिय समिति गठन गरेको हो । जसको उपाध्यक्षमा निशा बिश्वकर्मा, सचिवमा संजिव गहतराज, कोषाध्यक्षमा सुरज गहतराज, सदस्यहरुमा नवराज गहतराज, रोजिना गहतराज, शैलेन्द्र गहतराज, गोपाल गहतराज, सरोज गहतराज, आशिस गहतराज र सपना गहतराज रहनु भएको छ ।
देश भरी नै गहतराज संजाल गठन गर्ने प्रक्रिया अगाडी बढेको बेला कपिलबस्तुमा पनि यस अभियानले तिब्रता पाएकाको सामाजिक अभियान्ताको रुपमा काम गर्दै आउनु भएका चन्द्र बहादुर गहतराज (सि बि) ले खुशी ब्यक्त गर्नुभयो ।
गहतराजको उत्पति, पहिचान र महत्वलाई सधै भरी बाचय राख्न संजाल गठन गरिएको उहाँले बताउनुभयो । गहतराजले नव निर्वाचित समितिलाई शुभकामना दिंदै गहतराजको पहिचानलाई सधै उच्च पार्न भूमिका निर्वाह गर्न समेत अनुरोध गर्नु भयो ।
कार्यक्रममा बोल्दै सुन चांदी बयबसयी संघ चन्द्रौटाका अध्यक्ष लाल बहादुर गहतराजले निर्वाचित सबैलाई सफलताको शुभकामना ब्यक्त गर्दै गहतराज पहिचानलाई स्थापित गर्दै सबै आफ्नो पेशामा अब्बल बन्नु पर्ने बताउनुभयो

प्रकाशित मिति : १ भाद्र २०७६ आइतबार ००:००  ९ : २४ बजे