८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

विद्यालयका किशोरीले आफै सेनेटरी प्याड बनाउन सक्ने



कावासोती ।

नवलपुरको देवचुली नगरपालिकाका दुई विद्यालयहरुमा सेनेटरी प्याड भेन्डिङ मेसिन ( आफै सहज तबरले प्याड निकाल्न सकिने मेसिन ) वितरण गरिएको छ ।

दिगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजना ( नापा वास ) ले देवचुली नगरपालिकाको समन्वयमा भीमसेन आदर्श मा. वि. र कालिका मा वि मा भेन्डिङ मेसिन वितरण गरिएको हो ।

विद्यालयमा महिनावारीको समयमा विद्यार्थीहरुलाई विद्यालय आउदा प्याड प्रयोग गर्न सजिलो बनाउन, विद्यार्थीहरुलाई महिनावारी स्वच्छताका बारेमा जनचेतना अभिवृद्धि गर्न,महिनावारीको बेलामा नियमित रुपमा विद्यालयमा आउन प्रेरित गर्ने उद्देश्यले सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरिएको नापा वासका कार्यक्रम संयोजक प्रवीण घिमिरेले बताए ।

विद्युतबाट चल्ने भेन्डिङ मेसिनमा एक पटकमा ५० वटा सम्म सेनेटरी प्याड राख्न सकिने र प्रत्येक छात्राहरुलाई स्मार्ट कार्ड प्रदान गरी महिनावारीका समयमा आफुलाई चाहिने प्याड निकाल्न सकिने नापा वासकी यानु गुरुङले बताईन् ।

प्रकाशित मिति : ८ भदौ २०७६ आइतबार ००:००  ६ : ३२ बजे