१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

संविधान जलाएपछि तीनजना थारू नेता पक्राउ



बाँके ।
संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थारू कल्याणकारिणी सभाका पदाधिकारीले कोहलपुरमा संविधान जलाउन खोजेकाले अध्यक्ष विनोद थारूसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए। संविधानका केही धारा(उपधारा संशोधनको माग गर्दै संविधान जनाउनेमाथि केन्द्रीय आदेशअनुसार कारवाही प्रक्रिया अगाडि बढाइने उनले बताए।

प्रकाशित मिति : ४ आश्विन २०७६ शनिबार ००:००  ४ : ३३ बजे