२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

कुटपिटबाट गुल्मीमा एक जनाको ज्यान गयो



गुल्मी ।
गुल्मीमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । कालिगण्डकी गाउँपालिका–६ खड्गकोटका ६४ वर्षीय दुर्गादत्त ढकालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो ।
यही ठाउँ निवासी ४५ वर्षीय टोपबहादुर सार्कीले शनिबार साँझ आपसी झगडामा ढकाललाई कुटपिट गरि घाइते बनाएका थिए । घाइते ढकालको स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा संलग्न टोपबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६ आइतबार ००:००  ४ : ४७ बजे