दाङ ।
देउखुरीमा बस र ट्रक एक आपसमा ठोक्किँदा घाइते भएका ट्रक चालकको उपचारका क्रममा ज्यान गएको छ ।
देउखुरीको राप्ती गाउँपालिका वराखुट्टीमा शुक्रबार भएको दुर्घटनामा परेर घाइते भएका ट्रक चालक कैलाली, घोडाघोडी नगरपालिका १, का २२ वर्षीय अरूण चौधरीको भैरहवा मेडिकल कजेलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
यो पनि पढ्नुहोस
दाङमा ट्रक बस ठोक्किए, चालक पाँच घण्टादेखि ट्रकमुनि
शुक्रबार राति भालुवाङबाट लमहीतर्फ आउँदै गरेको ना १ ख ४७९३ को ट्रक र धनगढीबाट काठमाण्डौ जाँदै गरेको बा ५ ख ५२८३ नम्बरको बस बराखुट्टीमा एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा परेर च्यापिएका ट्रक चालक चार घण्टासम्म उद्धार हुन सकेको थिएन ।
बस चालकलाई साढे चार घण्टापछि उद्धार गरेर भैरहवा मेडिकल कजेलमा पठाइएको र उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । अन्य घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया