२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

गुल्मीमा गरियो कैदीबन्दीको स्वास्थ्य जाँच



गुल्मी ।
दशैंको समयमा गुल्मी कारागारका कैदीबन्दीहरुको स्वास्थ्य जाँच गरिएको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीले जिल्ला कारागार गुल्मीका कैदीबन्दीको निशुल्क स्वास्थ्य जाँच गरेको हो । जिल्ला कारागार गुल्मीमा रहेका ८३ जना कैदी बन्दीको स्वास्थ्य जाँच गरिएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीका अध्यक्ष अखिलेश्वर पाण्डेयले जानकारी दिए ।

तनावपूर्ण अवस्थामा रहेका बन्दीलाई तनावरहित बनाउन र स्वस्थ्य अवस्थामा पनि जानकारी लिनको निम्ति बन्दीको सामुहिक स्वास्थ्य जाँच गरिएको पाण्डेले बताए । कारागारमा रहेका बन्दीको स्वास्थ्य अवस्था बारे जानकारी लिने र उनीहरूको स्वस्थ्यबारे सबैको चासो छ है भन्ने उद्देश्यले स्वस्थ्य शिबिर राखिएको पाण्डेयले बताए । बन्दीको सामान्य बिरामी हुँदा बाहिर चेकजाँच गर्न निस्कन नमिल्ने भएकाले सामुहिक रुपमा चेकजाँच गरिएको पाण्डेयको दाबी छ ।

स्वस्थ्य शिबिरमा गुल्मी अस्पतालका तीन जना बिशेषज्ञ डक्टरहरूसहित ६ जनाले चेक जाँच गरेका थिए । स्वस्थ्य मुटु राख्न नियमित खानापानदेखि योगाको आवश्यकता रहेको बताए । रोग लागेर उपचारतर्फ भन्दा पनि रोग नै लाग्न नदिने गरि सजकता रहन ध्यान दिनुपर्नेमा जोड दिए । कारागारमा रहेका कैदीबन्दीको स्वस्थ्य जाँच गर्ने उद्देश्यले राखिएको शिबिरले बन्दीको स्वस्थ्य अवस्था बारे जानकारी लिन सहज हुने बताए ।

उनले यस्ता कार्यक्रहरू गरेकोमा आयोजकलाई धन्यवाद समेत दिए । शिबिरमा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित बिभिन्न कार्यालयका सुरक्षा नियका प्रमुख, संघ संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो । कारागारमा केही महिना अघि जिल्ला प्रशासन कार्यालय गुल्मीले योग शिबिर र हाउस वयररिङको तालिम समेत रोखेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७६ आइतबार ००:००  ६ : १३ बजे