२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

अघाँखाँची जीप दुर्घटना अपडेटःपतिपत्नीसहित एकै परिवारका ३ को मृत्यु



अर्घाखाँची संवाददाता ।
अर्घाखाँचीको नरपानी रातामाटामा जिप दुर्घटनामा मृत्यु भएका ३ जनामध्ये २ जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा दाङ जिल्ला लमही नगरपालिका ५ आदर्शटोल मिलनचोकका ५१ वर्षीय घनश्याम खनाल र उनको श्रीमती ४६ वर्षीय श्याकला खनाल रहेका छन्। मृतक एकको भने अझै परिचय खुल्न सकेको छैन। अहिले शवलाई जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ। गोरूसिङगेबाट सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नम्बरको लंका यातायातको टाटा सोमो बलेरो जिप सन्धिखर्क ६ नरपानी रातामाटा सडकखण्डबाट करिव १ किलो मिटर भीरबाट खसेर गाडी छिदविच्छेद अवस्थामा खोलामा पुगेर दुर्घटना ग्रस्त भएको हो।Image may contain: outdoor and nature
घाइतेमध्ये २ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने चारजना घाइतेको भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ। दुर्घटना भएको जानकारी पाउनेबित्तिकै घटनास्थलमा नरपानी प्रहरी, ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक गणेश बहादुर नरालको नेतृत्वमा प्रहरी टोली, जिल्ला प्रहरी प्रमुख प्रकाश बिष्टको नेतृत्वमा प्रहरी टोली, शसस्त्र प्रहरी नायब उपरीक्षक माधव रेग्मी नेतृत्वमा शसस्त्र प्रहरी , सेनानी सुमन थापाको नेतृत्वमा नेपाली सेनाका जवानहरू, र स्थानीय बासिन्दा पुगेर उद्दार गरेका थिए। मृतक एकको सनाखत हुन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० आश्विन २०७६ सोमबार ००:००  ८ : ०६ बजे