२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

प्रदेश २ मा बस पल्टिँदा १५ जना घाइते



जनकपुरधाम– जनकपुरधामबाट राजविराजका लागि छुटेको बस पल्टिँदा १५ जना घाइते भएका छन्।

मंगलबार धनुषाको जनकपुरधामबाट सप्तरीको राजविराजको लागि छुटेको ना ४ ख ७८९९ नम्बरको बस धनुषाको विरेन्द्रबजार र धारापानीकोबीचमा पल्टिँदा १५ जना घाईते भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

घाइते हुनेमा ११ जनाको अवस्था सामान्य रहेको छ भने ४ जनाको अवस्था मध्यम खालको रहेको धनुषाका प्रहरी उपरीक्षक खनालले बताए। घाइते भएका सबै जनाको उपचार स्थानीय अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०७६ मंगलबार ००:००  ७ : १६ बजे