मायादेवी अनलाइन, वाणगंगा ।
बडादशैं अन्तर्रगत नवदुर्गाको अवसर पारेर कपिलवस्तुको विभिन्न स्थानका चोक चोकमा पूजाको रुपमा राखिएको दुर्गाको मूर्तीलाई बुधबारदेखि विर्सजन गर्न थालिएको छ । विशेष गरी तराई क्षेत्रका समुदायले नवदुर्गा भरी दुर्गालाई बिशेष तरीकाले मुख्य मुख्य बजारमा राखि पूजाआजा गर्ने गर्दछन् ।
मुख्य चोक चोकमा दुर्गा भवानीका मूर्ति राखि पूजा गर्नाले धेरै दर्शनार्थीले अवलोकन गर्ने गरेको आयोजक बताउँछन् । जिल्लाको सदरमुकाम तौलिहवा, चारनम्बर, चन्द्रौटा, बहादुरगञ्ज, महाराजगञ्ज, गणेशपुर लगायतका मुख्य बजारमा टेन्ट टागी, भक्ति गित संगित सुनाई नौ दुर्गा भरी नै दुर्गाको पूजाआजा गरिएको थियो ।
यहि दुर्गालाई दशैंको भोली पल्ट नजिकको ताल, तलौया, नदीमा बिर्सजन गर्ने चलन छ । यद्यपि पहाडिया समुदायमा भने मन्दिरमा गरिएको नवदुर्गाको पुजालाई सराय जात्राको माध्यमबाट नदीमा ल्याई फुलपाती बिर्सजन गर्ने चलन छ । त्यो क्रम दशैको भोली पल्ट एकादशी आजदेखि शुरु भई कोजाग्रत पूर्णिमा सम्म चल्ने गर्दछ ।
मंगलबार बडादशैंको दिन जिल्लाका कतिपय स्थानमा मूर्ती विसर्जन गरिए पनि जिल्लाको चन्द्रौटा, बहादुरगञ्ज, महाराजगञ्ज, पकडी, तौलिहवा, लक्ष्मणघाट लगायतको स्थानमा बुधबार मूर्ती विसर्जन गरिएको छ ।
हरेक बर्ष दशैंको अवसरमा तराईमा दुर्गाको मूर्ति बनाउने क्रमले तिब्रता पाउने गरेको छ । दशैंमा दुर्गाको मूर्ति बनाउने र पुज्ने चलनले धर्म र आस्थाका नाममा फजुल खर्च बढाउनुका साथै चन्दाको नाममा बटुवाले दुःख पाउने गरेको भन्दै दुर्गालाई मन्दिर बनाई स्थायित्व दिनुपर्नेमा माग छ ।
आस्थाका नाममा बनाईने अस्थाई मूर्तिमा लाखौंको खर्च हुने र अवशेष केही नरहने हुँदा यसलाई रोक्नुपर्नेमा सामाजिक अभियान्ताले जोड दिदै आएका छन् ।
२३ आश्विन २०७६ बिहिबार ००:००
0
Shares






प्रतिक्रिया