२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

आगलागी पाँच लाख बराबर क्षति



दाङ ।
एक पसलमा आगलागी हुदाँ करिब ५ लाख बराबरको क्षति भएको छ। तुलसीपुर १६ लक्ष्मीपुरमा प्रकाश खडकाले संचालन गर्दै आएको रिफेस जनरल स्टोरमा राती साढे १२ वजेतिर बिद्युत तार सर्ट भई आगलागी हुदा पसल भित्र रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले दिएको जानकारी अनुसार पसलमा रहेको रिचार्ज कार्ड १२ हजार,नगद २५ हजार सहित अन्य सामान सहित करिब ५ लाख बराबरको क्षेति भएको छ । स्थानिय बासी र प्रहरीको सहयोगमा आगो करिब साढे १ बजे तिर नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २४ आश्विन २०७६ शुक्रबार ००:००  १ : ४४ बजे