२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

इंग्लिस प्रिमियर लिगः लेस्टर सिटी तालिकाको तेस्रो स्थानमा



एजेन्सी ।
इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई पछि पार्दै लेस्टर सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लेस्टरले क्रिष्टल प्यालेसमाथि २–० को जित निकालेको हो । जितसँगै तालिकामा २३ अंक पुर्‍याएको लेस्टर समान अंक भए पनि चेल्सीभन्दा अगाडी रहेको हो ।

क्रिष्टलविरुद्धको जितमा लेस्टरका कागलर सोयुनकु र जेमी भर्डिले एक एक गोल गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा ५७ औं मिनेटमा सोयुनकुले गोल गर्दै अग्रता दिलाएका थिए । जेमी भर्डिले ८८ औं मिनेटमा गोल थपेपछि लेस्टर २–० ले विजयी भयो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६ सोमबार ००:००  ८ : २८ बजे