१० असार २०८३, बुधबार | Wed Jun 24 2026

सन् २०१२ पछि घरेलु मैदानमा मेस्सीको फितलो खेल, न गोल गरे न सघाए



एजेन्सी । 

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले स्लाभिया प्रागसँग गोलरहित बराबरी खेलेको छ। समूह एफको शीर्ष स्थानमा रहेको बार्सिलोना घरेलु मैदानमा ४६ खेलपछि गोलविहीन बन्यो। निरासाजनक बराबरीको सिकार हुने क्रममा बार्सिलोनाका लागि च्याम्पियन्स लिग फुटबलमा सन् २०१२ पछि घरेलु मैदानमा कप्तान लियोनेल मेसीले गोल गर्न र गोलको अवसर समेत जुटाउन पहिलो पटक असफल भए। बार्सिलोनाले एकपछि अर्को निरन्तर गोल प्रयास गरेपनि सफल भएन्। उसका करिब आधा दर्जन प्रहार असफल भएका थिए। समूह एफको शीर्ष स्थानमा रहेको बार्साले पुछारको क्लब स्लाभिया प्रागसँग निश्चित जित निकाल्दै अघिल्लो चरण सुनिश्चित गर्न चाहान्थ्यो। इर्नेस्टो भाल्भर्डे नेतृत्वको बार्साले ४ खेलबाट ८ अंक मात्र बटुलेको छ। यद्यपी  उक्त समुहमा अन्य टिमको प्रदर्शनपनि निरासाजनकनै रहेको छ। दोस्रो स्थानको बोरुसिया डर्टमुण्ड ७ अंक हुँदा तेस्रो स्थानमा रहेको ईन्टर मिलान ४ अंक रहेको छ। प्रागको २ अंक भएको छ।  स्पेनिस लिग च्याम्पियन बार्साले च्याम्पियन्स लिगको अर्को खेलमा घरेलु मैदानमा डर्टमुण्डसंग प्रतिष्पर्धा गर्ने छ। दुवै टिमका लागि यो खेल निकै अर्थपुर्ण हुने छ।

प्रकाशित मिति : २० कार्तिक २०७६ बुधबार ००:००  ९ : ४९ बजे