१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

इतिहास रच्ने दाउमा नेपाली महिला भलिवल टोली



ढाका, मायादेवी अनलाइन ।

नेपाली राष्ट्रिय महिला भलिबल टोली नेपाली भलिबल इतिहासमा ऐतिहासिक उपलब्धि रच्ने दाउमा छ ।बंगलादेशमा जारी प्रथम एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा बिहीबार माल्दिभ्सलाई पराजित गरेमा पहिलोपटक अन्र्तराष्ट्रिय स्वर्णपदक जित हासिल गरी इतिहास रच्ने छ । खेल ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा बिहीबार दिउँसो २ः४५ बजेपछि सुरु हुनेछ ।फाइनलसम्म शतप्रतिशत नतिजासहित सानदार जित हासिल गरेको नेपालले आज पनि माल्दिभ्सविरुद्ध सनसनी जित निकाल्न सक्ने अनुमान गरिएको छ ।
प्रतिद्धन्द्धी माल्दिभ्सलाई समुह चरणमा ३–० को सोझो सेटमा पराजित गरेपछि नेपाल उत्साहित छ । २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक नै नेपाली भलिबलको सबैभन्दा ठुलो पदक हो ।त्यस्तै नेपालले दक्षिण एसियाली खेलकुद प्रथियोगिता ९साग० मा तीन कास्यपदक जितेको छ ।

च्याम्पियनसिपमा नेपाल एक्लो अपराजित टोली हो । प्रतिभा माली र सरस्वती चौधरी आज माल्दिभ्सका लागि मुख्य चुनौति बन्ने सक्ने छन् । नीहरुलाई ब्याकमा रेश्मा भण्डारी, निरुता ठगुन्ना, पुनम चन्द, मिडल ब्लकरमा साफिया पुुन, उषा कुमारी विष्ट र सुनिता खड्काले साथ दिनेछन् ।

माल्दिभ्समाथिको सहज जितसँगै नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले बिहीबार पनि राम्रो प्रदर्शन गर्दै ऐतिहासिक स्वर्णपदक जित्ने बताएका बताउनु भएको छ । त्यसअघि तेस्रो स्थानको लागि घरेलु टोली बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६ बिहिबार ००:००  ९ : ५३ बजे