१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

माल्दिभ्सलाई हराउँदै पुरुष बास्केटबलमा नेपाल सेमिफाइनल प्रवेश



काठमाडौं ।
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाल पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आइतबार भएको समूह ए को खेलमा माल्दिभ्सलाई ७६-६२ ले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो । नेपालको लागि असिम श्रेष्ठले सर्वाधिक १८ स्कोर गरे ।

यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसांग ६७(६१ ले पराजित भएको थियो । समूह ए बाट बंगलादेश समूह विजेता र नेपाल समूह उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् । नेपालले अब सेमिफाइनलमा सोमबार भारतसंग खेल्नेछ । भारत समूह बी को विजेता हो ।

प्रकाशित मिति : २२ मंसिर २०७६ आइतबार ००:००  १ : ५८ बजे