२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

रोनाल्डो र हेगुइनको गोलमा युभेन्टसको जित



एजेनसी ।
इटालियन क्लब युभेन्टसले जितसहित च्याम्पियन्स लिग फुटबलको समूह चरण टुंग्याएको छ।समूह डी को विजेताका रुपमा यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरेको युभेन्टसले बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा बायर लेभरकुजनलाई २–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा युभेन्टस पहिलो हाफमा गोलरहित बराबरीमा रोखिएको थियो । उसले दुवै गोल दोस्रो हाफमा गरेको हो । ७५ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए ।

इन्जुरी समयको दोस्रो मिनेटमा गोन्जालो हेगुइनले गोल गरेपछि युभेन्टस २–० ले विजयी भयो । जितपछि समूह विजेता युभेन्टसको १६ अंक भएको छ ।

समूह डी अन्तर्गत नै बुधबार राति भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले लोकोमोटिम मस्कोलाई २–० ले पराजित गरेको छ ।

एथ्लेटिकोका लागि १७ औँ मिनेटमा पाएको पेनाल्टीमा सेक्वेइरा तथा ५४ मिनेटमा जोआओ फेलिपेले गोल गरेका हुन् । समूह उपविजेता बनेको एथ्लेटिको मड्रिडको १० अंक भएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६ बिहिबार ००:००  ७ : ३४ बजे